छोराको कुटपिटबाट थलिएका गंगा बहादुरलाई उपचारार्थ आर्थिक सहयोग
धनकुटा खबर । आर्थिक अबस्था कम्जोर भएका कारण उपचार गर्न नसकेर लामो समय देखि थलिईएका धनकुटा ३ कागतेका गंगा बहादुर दर्जीलाई बिदेशमा रहेका नेपाली दाताले आर्थिक सहयोग गरेका छन् ।

वडा अध्यक्ष बिकाश घिमिरेको पहलमा हङकङमा बस्दै आएका सुरेश याक्सो लिम्बूले उनको उपचारका लागि ७३ हजार रकम उपलब्ध गराएको हो ।
दर्जीको निवासमा पुगेर वडा अध्यक्ष ले उक्त रकम दिएका छन् ।
गएको दशैंमा आफूले पाएको सामाजिक सुरक्षा भत्ताको रकमले मादक पदार्थ सेवनगरी आफ्नै छोराले कुटपिट गर्दा आफू थलिएको ६४ बर्षिया दर्जीले गुनासो गरे ।
पक्षघात(प्यारालाईसिस)को अबस्थामा रहेको दर्जीको आर्थिक अभावका कारण उपचारका लागि अस्पताल लान नसकेको बुहारी रिना बर्देबाले बताईन ।


