सरकारले प्राथमिकतामा राखेको भएता पनि बाली बिमा प्रति किसानको आकर्षण कम

धनकुटा खबर । सरकारले बाली बिमाको प्रावधान ल्याई कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएता पनि धनकुटामा बालि बिमा प्रति किसानको ज्यादै कम रहेको छ ।

कृषिमा हुने क्षतीबाट किसानलाई राहत दिन उद्धेश्यका साथ सरकारले बालि बिमाको अवधारण ल्याएको भए पनि धनकुटा जिल्लामा यो आर्थिकको साउन यता एक जानले पनि बालि विमा गरेका छैन्न् । भने अघिल्लो आर्थिक बर्षमा एक कृषि समुहले मात्र धान बालिको विमा गरेको तथ्याङ्गक छ ।

सुन्तला, आँप, धान, उत्पादनका पकेट क्षेत्रमा समेत वालि बिमा हुन नसकेको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।

कृषिको व्यावसायीक करणका लागि, जोखिम न्यूनिकरण गर्न, आर्थिक सुरक्षा, कृषि ऋण प्राप्त गर्न सजिलोका लागि र कृषि व्यावसायको निरन्तर ताको लागि विमा आवश्यक भए पनि जिल्लामा कृषि विमा तर्फ किसानको आकर्षण नभएको जिल्ला कृषि विकास कार्यालय धनकुटाका प्रमुख भरत प्रसाद विडारी बताउछन् ।

उनले भने अनुदान पाउने भए वा बाध्यकारी अवस्थामा मात्र बालि विमा गराउन चाहन्छन् नभए यस प्रति किसान लाई कुनै आकर्षण छैन तर कति पय किसानले भने बिमा बारे जानकारी नभएकोले पनि वालि बिमा गर्न तर्फ आकर्षण नभएको हुन सक्छ ।

धनकुटा अहिले सम्म बालि सखाप भएको अवस्था छैन् त्यस कारणले पनि धनकुटामा बालिबिमा कम भएको विडारी बताउछन् । छथरजोरपाटी गाउपालिका २ का किसान रमेश कार्कीले भने बालि विमा हुन्छ भन्ने सामान्य जानकारी भए पनि कहाँ गर्ने ? कसरी गर्ने ? भन्ने जानकारी नभएको र वालिमा तेति धेरै नोक्सानी पनि अहिले सम्म नभएकोले विमाको आवश्यता नठानेको बताए ।

सागुरीगढी गाउँपालिका किसान छत्र बहादुर लिम्बुले भने- “ मान्छेको विमा गर्दा समय पुगे पछि रकम फिर्ता हुने तर वालिको नोक्सान भएमा मात्र क्षेती पुर्ति पाउने भन्ने कारणले आफुले वालि विमा नगराएको बताए , धनकुटामा वालि बिमाको जिम्मा लिएको ओरेन्टियल ईन्सुरेन्स कम्पनिका अभिकर्ता गोरख बहादुर तामाङ्गले भने धनकुटामा वालि बिमामा किसानको उत्साह छैन यसले गर्दा धनकुटामा बालि विमा भने नगन्य अवस्थामा रहेको बताए । यदी बालि बिमा गरेको कुनै किसानको वालि प्राकृतिक प्रकोप, रोग, किराको कारण क्षेति भएका किसानले क्षेति पुर्ति पाउने ईन्सुरेन्स कम्पनिका अभिकर्ता तामाङ्गले बताए ।

किसानले वालि लगाएको २० देखि ३० दिन भित्र प्राविधीकले रोग किरा नलागेको भनि सिफारीस गरे पछि किसानले वालि बिमा गराउनु पर्ने हुन्छ । कृषि बिमा सम्बन्धी कम्पनिले तोकेको बालि तथा पशुपन्छिबिमा अभिकर्ता, व्याक्ति, समुह मार्फत गर्न सकिने व्यावस्था छ । यसबाट किसानले केहि प्रतिशत मात्र रकम तिर्नु पर्ने व्यवस्था छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।