पर्यटकीय गन्तव्य जौ टार सामुदायीक वन सम्म पुग्ने सडकको मर्मत सम्हार शुरु
धनकुटा खबर । पर्यटकीय तथा धार्मिक स्थलहरुको विकास गर्ने लक्षका साथ पर्यटकीय गन्तव्य जौ टार सामुदायीक वन सम्म पुग्ने सडकको मर्मत सम्हार कार्य भईरहेको छ ।

धनकुटा नगरपालिका १ हिले वजार वाट करिव उत्तर तर्फ रहेको यो वन सम्म पुग्ने करिव २ किलो मिटर वाटो मर्मत कार्य गएको पौष १५ वाट शुरु गरिएको हो । वडाको १५ लाख वजेट मार्फत सडक मर्मत कार्य गरिएको १ नं वडाध्यक्ष निरन तामाङ्गले वताउनुभयो ।

सडक मर्मत कार्य अन्र्तगत सागुरो वाटो भएको ठाउलाई चौडा वनाउने,भत्किएको ठाउमा पर्खाल उठाउने लगायतका कामहरु गरिनेछ । सामुदायीक वनलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यका साथ यहाँ यसअघि नै गोल घर,पीकनीक स्पोर्ट लगायतका ठाउँहरु वनाईसकिएको छ ।
गोल घरबाट पर्यटकहरुले मकालु सहित अन्य थुप्रै हिम श्रृङ्खलाका दृष्यहरु देख्न सक्नेछन् । ५ वर्ष भित्र यहाँ मिनी जु, भ्यू प्वईन्ट लगायत ठाउँ वनाउने योजना रहेको वडाध्यक्ष तामाङ्गले वताउनुभयो । त्यस्तै हिले कै वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर जाने वाटो पनि मर्मत गरिदैछ ।
हिले पुच्छर तोङ्गवा चोक देखी मन्दिर सम्म पुग्ने झण्डै १ किलो मिटर वाटो ५ लाख लागतमा आउदो जेष्ठ महिना सम्ममा ग्राभेल गरि सक्ने गरी काम भईरहेको उहाँले वताउनुभयो । यी वाटोहरु मर्मत गरिएपछि पर्यटकहरुलाई सम्वन्धित स्थलहरु सम्म आउन जान सहज हुने अपेक्षा गरिएको छ ।


