नयाँ जनवाद भन्ने नारा छोडेर अब समाजवाद निर्माणको उद्धेश्य पूरा गर्न सबै वामपन्थी दलहरु एक हुनुपर्छ : प्रचण्ड

घटना घटाएर क्रान्ति हुने सपनाबाट ब्यूँझिन विप्लवलाई प्रचण्डको आग्रह

काठमाडौं, १ फागुन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीको पार्टी एकता निर्णायक तहमा पुगेको भन्दै त्यसपछि मुलुकले विकास र समृद्धिको दिशा लिने वताएका छन् ।

तत्कालीन माओवादीले ‘जनयुद्ध’ थालेको दिनको सम्झानामा मंगलवार माओवादी मुख्यालयमा वाइसीएलले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विप्लव नेतृत्वको माओवादीलाई हिंसाबाट क्रान्ति हुने सपनाबाट ब्यूँझन पनि आग्रह गरे ।

‘आजै पार्टी एकतालाई निर्णायक तहमा पुर्याउनेगरी छलफल अघि बढाएका छौं’ उनले भने, ‘हाम्रो एकता टुटाउन प्रतिक्रियावादी शक्तिहरु लागेका छन्, तिनीहरुलाई म चुनौतीसाथ भन्न चाहन्छु– हामी एकताको निर्णायक विन्दुमा पुगिसक्यौं, तिमीहरुको उद्धेश्य पूरा हुँदैन ।’

प्रचण्डले आफ्ना राजनीतिक गुरु मोहन वैद्य र नेत्रविक्रम चन्दलाई पनि वामपन्थी एकतामा आउन सुझाव दिए । उनले द्वन्द्वात्मक भौतिकवादलाई पुस्तकको विषय मात्र नबनाउन वैद्य र घटना घटाएर क्रान्ति हुन्छ भन्ने सपनाबाट ब्यूँझन चन्दलाई आग्रह गरे ।

‘घटना घटाएर क्रान्ति हुन्छ भन्ने भ्मबाट अव विप्लवजीले ब्यूँझंदा राम्रो हुन्छ’ प्रचण्डको भनाई थियो, ‘मेरा गुरु हुनुहुहुन्छ किरण, उहाँले द्वन्द्वात्मक भौतिकवादलाई कितावबाट बाहिर पनि हुन्छ भनेर बुझ्नुपर्छ ।’

नयाँ जनवाद भन्ने नारा छोडेर अव समाजवाद निर्माणको उद्धेश्य पूरा गर्न सबै वामपन्थी दलहरु अहिलेको एकता प्रक्रियामा आउनुपर्ने उनले वताए । अवको कार्यदिशा देशमा आर्थिक समृद्धिको हुनुपर्ने उनको भनाई थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।