ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको औपचारिक निर्णय

काठमाडौं २ फागुन । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।

ललितपुरस्थित माओवादी निकट व्यापारीको निवासमा बुधवार बसेको स्थायी समितिको बैठकले ओलीलाई प्रधामनन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

ओलीलाई प्रधामनन्त्री नियुक्त गर्नको लागि राष्ट्रपतिलाई आग्रह गर्ने एमालेले निर्णय गरेको छ । राष्ट्रपतिलाई आग्रह गर्नुअघि संसदीय दलको बैठक बसेर ओलीलाई नेता बनाइने छ । बैठकमा पार्टी एकताको बिषयमा छलफल भएको थियो ।

नेता पाण्डेले सरकारको आलोपालो नेतृत्व गर्ने बिषयमा समेत छलफल भएको बताए । पार्टी एकता संयोजन समितिको बैठकअघि अध्यक्षद्वयबीच छलफल हुने पाण्डेले बताए । संयोजन समिति बैठकको लागि माओवादी नेताहरु मानभवन पुगेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।