प्रदेश नं १ मा सबैभन्दा ठूलो मन्त्रीपरिषद, उपसभामुखमा सरस्वती पोखरेल सर्वसम्मत

विराटनगर, ३ फागुन । विराटनगर, ३ फागुन । प्रदेश १ मा अहिले सम्म गठन भएका मन्त्रीपरिषद भन्दा ठुलो मन्त्रीपरिषद गठन भइरहेको छ । प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद गठन भएको हो ।

बुधवार एमाले संसदिय दलका नो शेरधन राई मुख्यमन्त्री चयन भएका थिए । राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह ‘आन्तरिक मामिला तथा कानुन’, माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ ‘आर्थिक मामिला तथा योजना’, एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका छन् । मन्त्रीपरिषद गठन भएपछि सबै मन्त्रीहरुले विहिवार नै सपथ लिएका छन् ।

त्यस्तै प्रदेश नं १ को उपसभामुख पदका एकल उम्मेदवार सरस्वती पोखरेललाई प्रदेश सांसदको बैठकले सर्वसम्मत अनुमोदन गरेको छ ।

संसद्को आजको बैठकमा उहाँको नाम अनमोदनका लागि प्रस्ताव टेबुल भएको थियो ।इन्द्रमणि पराजुलीको समर्थनमा प्रस्तावक रामकुमार राईले उहाँलाई उपसभामुख पदमा मनोनयन गर्न प्रस्ताव गर्नुभएको थियो ।

आजै प्रदेश नं १ को कार्यलय प्राङ्गणमा आयोजित कार्यक्रममा सभामुख प्रदीपकुमार भण्डारीले उपसभामुख पोखरेललाई शपथ गराउनुभयो । संसद्को अर्को बैठक यही फागुन १४ गते दिनको १ बजे बस्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖