धनकुटाका चिया किसान र उद्योगीहरुलाई स्वास्थ्य सुरक्षा तालिम

धनकुटा खबर । चियाको उत्पादन र उत्पाकत्व बढाउन सहयोग पुर्याउने उदेश्यले धनकुटाका चिया किसान तथा चिया उद्योगहरुलाई ब्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बिन्धि अभिमुखिकरण तालिम दिईएको छ ।

डेनमार्क सरकारद्वारा सन्चालित उन्नती परियोजना अन्तर्गत अन्तराष्टिय श्रम संगठन (आईएलओ) को सहयोग तथा केन्दीय चिया सहकारी संघ लिमिटेडको आयोजनामा उक्त तालिम दिईएको हो ।

धनकुटाको हिलेमा आयोजित एक दिवसिय उक्त अभिमुखिकरण तालिमले चिया क्षेत्रमा भएका र हुनसक्ने खतरा तथा समस्याको समधान पुग्ने आयोजक समितिका केन्द्रिय सचिव रविन राईले बताए ।

किसान तथा ब्यसायीहरुले आफ्नोे र आफ्नो उत्पादनको स्वाथ्य तथा सुरक्षाको ध्यान नदिंदा पेशामा जोखिम र नोक्सान भईरहेकोले उक्त तालिमको आयोजना गरिएको राईले बताए ।

कार्यक्रममा प्रशिक्षक राम बहादुर बिष्टले किसन तथा ब्यसायीहरुलाई चिया खेती,ब्यपार र उत्पादनमा आउने समस्या र त्यसलाई समधान गर्ने बिषयमा अभिमुखिकरण दिएका थिए ।

जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा सम्पन्न उक्त अभिमुखिकरण तालिममा जिल्लाका २५ जना चिया किसान र उद्योगीहरुको सहभागिता रहेको अध्यक्ष ईनद्र सारु मगरले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।