सभासद् राजेन्द्र राईद्वारा एकल महिलालाई ५ लाख सहयोग
धनकुटा खबर । प्रतिनीधि सभाका सभासद् राजेन्द्र राईले धनकुटाका एकल महिलाहरुको बृत्ति-बिकासका लागि ५ लाख सहयोग गर्ने भएका छन् ।

मानव अधिकारका लागि महिला,एकल महिला समुहले स्थापना गर्न शुरु गरेको ‘अबसर’ कोष स्थापनाका लागि राईले उक्त सहयोग गर्ने बचन दिएका हुन् ।
जिल्ला कार्य समितिले एकल महिलाका बिभिन्न क्षेत्रमा काम गर्न २० लाख बराबरको अक्षकोष स्थापना गर्न माघ २४ देखि फागुन १ सम्म महा–पुराणको आयोजना गरेको थियो ।

उक्त पुराणको समापनको अबसरमा एकल महिला जिल्ला समितिले पत्रकार सम्मेलन गरेर राई सहित कोषका लागि सहयोग गर्ने अन्य १३ जनालाई धन्यवाद ज्ञापन गरेको छ ।
कुल १२ लाख १३ हजार ९९ रुपैंया ंकलन भएको उक्त पुराणमा ४ लाख ७७ हजार ८ सय ४१ रुपैंया खर्च भएको संस्थाका अध्यक्ष मिना राईले जानकारी दिए ।
कार्यक्रममा पूर्व सभासद् अन्जना तामली,एकल महिलाहरुका प्रतिनीधि तथा सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


