धमला पत्नी एलिजाको कार्टुन क्र्यूका सरोजसँग डिस्कोमा मस्ती – हेर्नुस भिडियो सहित

नायिका एलिजा र कार्टुन क्र्यूका सरोज ‘कान्छा दाई गाना बजाईदेउन’ भन्दै डिस्कोमा थ्रेटरमा झुमी रहेको दृश्य सार्वजनिक भएको छ । तर उनीहरुको यो नृत्य वास्तविक जीवनमा नभएर चलचित्र अनुरागको एउटा गीतको भिडियोमा हो ।

आज सार्वजनिक गरीएको अनुरागको उक्त गीतमा एलिजा मदिराको नशामा मदहोस हुँदै झुमी रहेकी देखिन्छिन । निर्देशक सत्यराज चौलागाईंको डेब्यु निर्देशन रहेको फिल्म ‘अनुराग’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

‘कान्छा दाई गाना बजाईदेउन…’ बोलको उक्त क्लब भर्सनको गीत उत्कृष्ट बनेको निर्देसक चौलागाईंले बताएका छन् । गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ भने तारा र ममता गुरुङले स्वर दिएका छन्

विक्रम स्वारको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा कार्टुन क्र्यूका सरोज अधिकारी र नायिका एलिजा गौतमले फिचर गरेका छन् भने गीतलाई टेकेन्द्र शाहले सम्पदान गरेका हुन् । आगामी जेष्ठ ११ गतेलाई प्रदर्शन मिति तोकिएको ‘अनुराग’मा एलिजाका साथमा नव नायक समुन्द्र पण्डित र ठिलेन लामाको मुख्य अभिनय रहेको छ ।

साथै फिल्ममा राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विस्वा बस्नेत, शिशिर राणा, मोहन निरौला लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । एक पृथक सांगेतिक प्रेमकथामा बनेको ‘अनुराग’लाई एरिका फिल्म्सको ब्यानरमा तयार पारिएको हो ।

फिल्ममा भरत गौतम र गीता भेटवालको लगानी रहेका छ भने निर्माण नियन्त्रकका रुपमा नविन पुरी रहेका छन् । फिल्ममा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्र अनुरागमा राम कुमार केसीको छायाँकन रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।