यसरी गरियो धनकुटामा फोहरमैला ब्यबस्थापन – भिडियो सहित

धनकुटा खबर । धनकुटा नगरपालिकाले फोहरमैला ब्यबस्थापनका लागि नमुना फोहरमैला ब्यवस्थापन केन्द्रको स्थापना गरेको छ । यो फोहरमैला व्यवस्थापन केन्द्रको स्थापनासगै नगरमा जतातै देखिने फोहर व्यवस्थापन भएको छ ।

फोहर मैला व्यबस्थापन केन्द्रमा थुप्रिएको फोहरको थुप्रो माथिनै फूलवारी सहितको सुन्दर पार्क समेत निर्माण गरिएको छ । धनकुटा नगरपालिकाले वडानम्वर ६को सल्लेरीमा संचालनमा ल्याएको फोहर ब्यबस्थापन केन्द्र वरिपरि बाढी र भूक्षयले पारेका ठूल्ठूला खाल्डा पुरेर चिटिक्क परेको पुष्प वाटिका तयार पारेपछि यो ठाउँ फोहरमैला ब्यबस्थापनका लागि सिकाईको थलो बनेको छ ।

धनकुटा नगरपालिकाले फोहरलाइ पुरेर बनाएको पुष्प वाटिका र नगरले गरेको नमुना फोहर व्यबस्थापन हेर्न र जान्न यो आर्थिक बर्ष भित्रमात्रै दर्जन बढि नगरपालिका तथा गाउपालिकाको टोली भ्रमणमा आइसकेका छन् ।

सफा शहर अभियानलाई सार्थक बनाउन धनकुटा नगरपालिकाले घरभीत्रको फोहर न्यूनिकरणका लागि घरैपिच्छे गड्यौला पालन, बायोग्यास र मानव मलमुत्र संकलन गरि कम्पोष्ट मल बनाउने कामलाई प्रोत्साहन गरेको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।

धनकुटा सदरमुकाम र हिलेबाट मात्रै दैनिक १४ टन भन्दा बढि फोहर उत्पादन हुन्छ भने नकुहिने फोहोर ७ टन मात्रै फोहोरमैला संकलन केन्द्रमा जम्मा हुने नगरपालिकाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।