एकै वडाबाट १ सय २७ परिवार बसाई सरे

धनकुटा खबर । धनकुटाको साविक तेलिया गाविस हालको छथरपोरपाटी गाउँपालिको वडा न ४ बाट ४ बर्षको अवधिमा १ सय २७ परिवारले वडा कार्यालय बाट अधिकारीक दर्ता भई बसाई सराई गरेका छन् ।

२०७० साल बैशाख १ गते देखि २०७४ साल फागुन ८ गते सम्मा यी परिवार संख्याले बसाई सराई गरेका हुन् । शिक्षा, स्वाथ्य, रोजगारीको खोजिमा पहाड बाट तराई र शहरी क्षेत्रमा बसाई सराई गर्न क्रममा बढेको हो ।

यस वडामा बार्षिक रुपमा बसाई सराई गर्नेको संख्या बढदै गएको तथ्याक छ । वडा कार्यलय बाट अधिकारीक दर्ता भई बसाई सराई गर्ने परिवारको संख्या यो भए पनि दर्ता नगराई थाकथलो छाड्ने परिवारको संख्या पनि उल्लेखिय रहेको वडा कार्यालयका सहायक शंकरप्रसाद ओझाले जानकारी दिए । उनले भने साविक गाविस हुदाको वडाको तथ्याक हेर्ने हो भने ९० प्रतिशत परिवार बसाई सराई गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।