१० करोडमा ऋतिक रोशनका लागि मुम्बईमै बनाइयो ‘बिहार’

एजेन्सी । ऋतिक रोशन चाँडै फिल्म ‘सुपर ३०’ मा आनन्द कुमारको भुमिकामा देखिने भएका छन्। उक्त फिल्मको शुटिङ सुरु भइसकेको छ। फिल्म मुम्बई र पटनामा सुटिङ हुने निर्माण युनिटले जनाएको छ।

अहिले पहिलो चरणमा उत्तर प्रदेशको वाराणसीमा शुटिङ भइरहेको छ। वाराणसीमा छिट्टै सकेर सुटिङ टोली मुम्बई जाने बताइएको छ।

निर्माण युनिटका अनुसार जाडो सकिन लागेकाले उत्तर प्रदेशमा गर्मी मौसम सुरु भइरहेको छ। गर्मीमा ऋतिक पटनामा रहेर सुटिङमा सहभागी हुन नसक्ने भएपछि उनको सुविधाका लागि मुम्बईमै १० करोडको लागतमा विहार बनाइने चलचित्र युनिटले जनाएको छ। यसको मतलब के हो भने मुम्बईमै ‘आनंद कुमार’ का लागि १० करोडमा अर्को बिहार बनाइने छ।

उक्त फिल्मको ऋतिकले साइकलमा पापड बेचिरहेको तस्बिर हालसालै इन्टरनेटमा निकै भाइरल भएको छ। फिल्ममा उनले चर्चित गणितिज्ञ आनन्द कुमारको भूमिका निभाएका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।