धनकुटाका ४ हजार ३ सय किसानलाई ‘किसान परिचयपत्र’ वितरण
धनकुटा खबर । जिल्ला कृषि विकास कार्यालय धनकुटाले धनकुटाका ४ हजार ३ सय किसानलाई ‘किसान परिचयपत्र’ वितरणको गरेको छ ।
जिल्ला कृषि कार्यालय धनकुटाले जिल्ला कृषि विकास कार्यालय सहित सेवाकेन्द्र र सम्पर्ककेन्द्र मार्फत किसान लाई परिचयपत्रका वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयका सुचना अधिकारी सूर्यप्रसाद सापकोटाले जानकारी दिए ।
एक किसान परिवारमा एक जना ब्यक्तिले मात्रै यस्तो परिचय पत्र पाउने ब्यबस्था छ । उत्पादकत्व बृद्धि गर्ने उदेश्यले आर्थिक बर्ष ०६५÷०६६ सालदेखि कृषकलाई रासायनिक मलमा अनुदान उपलब्ध गराउँदै आएको कृषि विकास मन्त्रालयले परिचय पत्र लिएका किसानलाई प्राथमिकतामा राखेर प्राङगारिक मल, उन्नत बीउ बिजन, बिषादी र प्राविधिक सेवा उपलब्ध गराउने कार्यालयले जनाएको छ ।


