नायिकाहरुको ट्याट्टु मोह, ट्याट्टुको लागि सबैको रोजाईमा स्तन नै

काठमाडौं । नेपाली नाईकाहरुले पनि ट्याट्टु धेरैले मन पराउँछन् । बलिउड र हलिउडका अभिनेत्रीहरु जस्तै अभिनेत्रीहरुले पनि आफ्नो शरीरका विभिन्न अंगहरुमा ट्याट्टु खोपेका छन् । जस्मा, करिष्मा मानन्धर, प्रियंका कार्की, पुजना प्रधान,सुष्मा कार्की, सुभेच्छा थापा, अशिष्मा नकर्मी लगाएतका नेपाली अभिनेत्रीहरुले आ–आफ्नो रोजाईको ट्याट्टु आफ्नो शरीरको अंगहरुमा खोपेका छन् ।

१.करिष्मा मानन्धरः
अढाई दशक देखि नेपाली फिल्म उद्योगमा निरन्तरता दिन सफल अभिनेत्री हुन् करिष्मा मानन्धर । अझैं पनि अभिनेत्री मानन्धर आफ्नो सुन्दरतामा निकै केयर गर्छिन् । अभिनेत्री मानन्धरले ट्याट्टु निकै मन पराउँछिन्, त्यसोत, उनले आफ्नो स्तनको माथिल्लो भाग छातिमा गुलाबको ट्याट्टु खोपेकी छिन् । जुन् ट्याट्टु आकर्षक ढंगबाट खोपिनुका साथै कलरीङ्ग गरिएको छ ।

२.प्रियंका कार्की :
पछिल्लो समयमा दर्शकहरुको रोजाईमा पर्ने अभिनेत्री हुन् प्रियंका कार्की । अभिनेत्री कार्की पनि ट्याट्टुबाट आकर्षित नै छिन् । उनले, आफ्नो डाडको दाहिले पाटामा (फिमेल फिगर)मार्मीडको सुन्दर डिटेल्ड ट्याट्टु बनाएकी छिन् । विभिन्न समारोहहरुमा अभिनेत्री कार्कीले आफ्नो डाडमा रहेको ट्याट्टुलाई देखाउने गरेकी छिन् । साथै अभिनेत्री कार्कीले आफ्नो दाहिने खुट्टामा पनि ट्याट्टु खोपेकी छिन् ।

३. सुष्मा कार्की :
विभिन्न आईटम डान्समा निकै चम्केकी अभिनेत्री हुन् सुष्मा कार्की । अभिनेत्री सुष्मा कार्कीमा पनि ट्याट्टुको मोह निकै नै रहेको छ । उनले पनि आफ्नो आफ्नो छातीको देब्रे स्तनको माथिल्लो भागमा ट्याट्टु बनाएकी छिन् । उनले सुर्यको ट्याट्टुलाई निकै आकर्षक ढंगबाट खोपेकी छिन् ।

४.अशिष्मा नकर्मी :
ट्याट्टु खोप्ने र मन पराउने अभिनेत्रीहरुमा अशिष्मा नकर्मी पनि हुन् । उनले आफ्नो डाडको गर्धन भन्दा तल्तिर मण्डलाको ट्याट्टु खोपेकी छिन् । अन्य अभिनेत्रीहरु जस्तै विभिन्न समारोहरुमा अशिष्माले आफ्नो ट्याट्टुलाई देखाउदिनन् ।

५.सुभेच्छा थापा :
विभिन्न बिबादहरुमा आईरहने अभिनेत्री हुन् सुभेच्छा थापा । अभिनेत्री सुभेच्छा थापाले पनि आफ्नो छातीको देब्रे स्तनको माथिल्लो भागमा ट्याट्टु खोपेकी छिन् । उनले आई लभ नेपाल भन्ने शब्द सहितको नेपालको झण्डाको आकर्ष ट्याट्टु बनाएकी छिन् ।

६.पुजना प्रधान :
अभिनेत्री पुजना प्रधानले पनि पहिलो ट्याट्टु आफना्े हातमा (पुजना)भन्ने शब्दमा खोपेकी थिईन् । त्यस्तै,पछि बाट आफ्नो डाडको दाहिने पाटामा शिब र पार्बतीको आकर्षक ट्याट्टु खोपेकीछिन् । यो उनको दोस्रो ट्याट्टु हो ।

७. सामा्रज्ञीराज्य लक्ष्मी शाह :
पछिल्लो समय निकै चर्चामा रहँदै आएकी अभिनेत्री सामा्रज्ञीराज्य लक्ष्मी शाहले पनि आफ्नो स्तनको तल्लो साईडमा ट्याट्टु खोपेकी छन् । साम्राज्ञीको यो ट्याट्टु खोपेपछि निकै चर्चाको बिषय पनि बनेको थियो । उनले फिल्म ड्रिम्सबाट फिल्मी करीयर सुरु गरेकी हुन् ।

– न्यूज24 नेपालबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।