आम्दानीको स्रोत वन तरकारी !

धनकुटा खबर । वन जंगलमा पाईने वन तरकारी अहिले धनकुटाका किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ ।

धनकुटा सागुरी गढीकी तारामाया लिम्बु वन जंगलमा पाईने सिमसाग, कर्कलो, बनतरुल, सजिवन,गदे बेचेर आफ्नो घर खर्च चलाउदै आएको बताउछिन् उनि मात्र होईन अहिले धनकुटाको तांखुवा, भिरगाँउ लगायतका स्थानका किसान पनि वन तरकारी बेचेर आम्दानी गर्दै आउका छन् ।

तांखुवाबाट वन तरकारी बिक्रि गर्न तेलियाको बुधबारे हाट आएकी धनमाया लिम्बु भन्छिन- अहिले बजारमा खेत बारीमा लगाईने तरकारी भन्दा पनि वन तरकारीको माग उच्च छ उपभोताले पनि खेत बारीमा लगाईने तरकारी भन्दा वन तरकारी नै बढी मनपराउने भएकोले पनि वन तरकारी बाट राम्रो आम्दानी हदै आएको बताईन् ।

धनकुटा सदरमुकाममा तरकारी किनि रहेका सुरेश राई भन्छन्न् । स्वस्थकर हुने भएकोले आफ्नो रोजाइमा बनतरकारी रहेको बताउछन् । मेहेनत पनि खासै गर्नु नपर्ने र बिक्रि गर्न पनि समस्या नभएकोले उनिहरुको भनाई छ ।

उपभोता पनि बिषादी नमिसिएको ताजा र स्वादीलो हुने हुदा एक दुई रुपैया बढी तिरेर भए पनि वन तरकारी किन्ने गरेको बताउछन् । धनकुटामा सिमसाग २० रुपैया , गदे प्रति मुठा २० रुपैयाँ, बनतरुल १०० रुपैया र सजिवन २०० प्रति किला होलसेल मूल्य रहको व्यापारी बताउछन् ।

यो पनि हेर्नुहोस्खोला-बगरमा साग खेती गरेर मनग्गे आम्दानी गर्दै धनकुटा स्थित सिम्सुवा गाउँ !



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।