३ करोड लगानीमा नाम्जेमा ‘भेडेटार भिलेज रिसोर्ट’ सञ्चालन

धनकुटा खबर । धनकुटाको चर्चित पर्यटकीय स्थल भेडेटारमा करिव ३ करोड रुपैयाको लगानीमा भेडेटार भिलेज रिसोर्ट सञ्चालनमा आएको छ । यूवा होटल व्यवसायीद्वय जितेन्द्र रुम्दाली राई र पद्मिनी राईको संयुक्त लगानीमा साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित नाम्जेको थुम्कीमा ‘भेडेटार भिलेज रिसोर्ट’ सञ्चालनमा आएको हो ।

भेडेटार घुम्न आउने आन्तरिक तथा वाह्रय पर्यटकलाई मध्यनजर गरि रिसोर्ट सञ्चालनमा ल्याएको सञ्चालक पद्मिनी राईले बताइन् ।

‘रिसोर्टमा आउने पाहुनाले पारिवारिक वातावरण पाउने छन्’ उनले भनिन् ‘पाहुनाहरुलाई स्थानीय परिकार गुन्द्रकको अचार, कोदो र मकैको ढिडो, लोकल कुखुराको मासु, सिस्नो सँगै राई, लिम्बु, मगर जातिको परिकारको स्वाद लिन पाउनेछन् ।’

रिर्सोटभित्र २६ ओटा डिलक्स, एटेज कोठा छन् । अहिले करिव १ सय जना सहभागी अट्ने क्षमताको सेमिनार हल निर्माण हुँदैछ ।

२ रोपनी क्षेत्रफल भित्र रहेको रिर्सोटमा धनकुटामा उत्पादन हुने स्वादिलो खोकु जातको सुन्तलाको स्तम्भ पनि निर्माण गरिएको छ ।

रिसोर्ट निर्माणमा माछापुच्छ्रे वैंकले फाइनान्सको सहयोग गरेको सञ्चालक राईले बताइन् । २ करोड आफ्नो व्यक्तिगत लगानी र १ करोड माछापुच्छ«े वैंकवाट ऋण निकालेको उनले बताइन् ।

नाम्जे गाउँलाई सिएनएनले एक पटक घुम्नै पर्ने ठाउँको रुपमा विश्वको बाह्रौ गन्तव्य सुचिमा राखेको छ । पछिल्लो केही वर्षयता भेडेटार नेपालकै प्रमुख पर्यटन गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।