चितवनमा प्रचण्डको जनसम्पर्क कार्यालय स्थापना

पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्पर्क कार्यालय स्थापना गरेका छन् ।

भरतपुरस्थित हाकिम चोकमा रहेको कार्यालयको आइतबार आफैले उद्घाटन गरेका छन् ।

निर्वाचन जितेसंगै आफू नियमित जसो चितवन आएको स्मरण गराउँदै सधै यस्तो अवस्था नमिल्ने भएकाले सम्पर्क कार्यालयले चितवनसंग आफुलाई जोड्न पुलको काम गर्ने बताए ।

‘निर्वाचन अघि पनि सम्पर्क कार्यालय रहेको तर ती चुनावी अभियानका लागि मात्र भएको बताउँदै प्रचण्डले भने,‘यस सम्पर्क कार्यालयमा मेरो क्षेत्र वा सिंगो चितवनवासीले सम्पर्क कार्यालयमा सम्पर्क गरी गुनासो राख्न आग्रह गरे ।

प्रचण्ड नभए पनि जनताहरुलाई प्रचण्ड भएको महसुश गराउन जनसम्पर्क कार्यालय खोलिएको उनले बताए । प्रचण्डले भने,‘चुनाव लड्दा मलाई टुरिष्ट उम्मेदवारको आरोप लाग्यो, अहिले त सँधै देखेरे नै दिक्क मान्नु भएको होला ।’

जनताका हरेक गुनासामा हातेमालो गर्दै अगाडी बढ्न कार्यालयको भुमिका महत्वपुर्ण रहने प्रचण्डको विश्वास छ ।

राष्ट्रिय भुमिकाका कारण सधै चितवनमा बस्न नपाए पनि प्रतिनिधिहरु मार्फत हरेक समय जोडिएर अगाडी बढने प्रतिवद्धता व्यक्त गरे ।

अहिले आफू धेरै चितवनमा आए भनी केन्द्रमा गुनासो बढेको समेत प्रचण्डले बताए ।

सो क्रममा बोल्दै प्रचण्डले चितवनको विकासलाई समग्र देश र विश्वले नै हेरिरहेको भन्दै अवसरलाई जनसम्पर्क कार्यालय मार्फत सदुपयोग गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

उनले शुसासन र विकास निर्माण जनताले चाहेको भन्दै यस कार्यमा लाग्न एकीकृत हुन लागेका दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

सवैको ध्यान चितवनमा
प्रचण्डले आफूले जितेको निर्वाचन क्षेत्र र जिल्लामा सुशासन, जनताको दैनिक समस्या समाधान, साना देखि ठूला विकास निर्माणका कामहरु कसरी हुन्छ भन्ने कुरा सिंगो राष्ट्रले हेरेको हुने भन्दै यसतर्फ सचेत र सजग रहन नेताकार्यकर्तालाई आग्रह गरे ।

अवको बाटो भनेको सम्वृद्धिको भएकाले सवैको चाहना अनुसार अघि वढ्न आफू प्रतिवद्ध रहेको प्रचण्डको भनाइ छ । नयाँपत्रिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।