पाकिस्तानी नागरिकबाट अपहरणमा परेका तीन नेपाली युवाहरु १५ लाख ऋण बोकेर नेपाल फर्किए

काठमाडौं । टर्की पुगेका तीन नेपाली युवा १४ माघमा अपहरणमा परेका थिए । पाकिस्तानी नागरिकबाट अपहरणमा परेका उनीहरु करिब १५ लाख रुपैयाँ फिरौती बुझाएर नेपाल फर्किएका हुन् ।

मोरङको केराबारी–९ का किरण मगर, खोटाङको रुपाकोटका टीकाराम विश्वकर्मा र ताप्लेजुङको मेवाखोला–३ का टीका लिम्बु अपहरणमा परेका थिए । पाकिस्तानीद्धारा उनीहरुलाई ७ दिनसम्म ट्वाइलेटमा थुनेर फिरौती मागिएको बताएका छन् ।

उनीहरु नेपालबाट मकाउका लागि भनेर भारततर्फ छिरेका थिए । तर, भारत पुगेपछि भिसा नै नलागेको थाहा पाएको बताए । त्यसअवधिमा उनीहरुले न त घर फर्किन पाए, न त परिवारसँग आफ्नो दुःख सुनाउने मौका नै पाए ।

भारतमा ३ महिना विताएपछि मकाउभन्दा टर्कीमा राम्रो कमाइ हुने भन्दै विभिन्न प्रलोभन देखाइयो । अन्ततः उनीहरु टर्कीका लागि उडे । तर, त्यहाँ उनीहरुले न भने जस्तो काम पाए, न राम्रो कमाइ गर्न नै सके । बरु, उल्टै फिरौती तिरेको रकम बराबरको ऋण बोकेर स्वदेश फर्किएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।