वकिलको बारेमा जानकारी दिन हिलेमा कार्यक्रम
धनकुटा खबर । सरकारी वकिलको वारेमा सवैलाई जानकारी दिने लक्षका साथ आज धनकुटाको हिले समुदायमा सरकारी वकिल कार्यक्रम २०७४ सञ्चालन गरिएको छ ।

उच्च सरकारी वकिलको कार्यलय धनकुटाको आयोजनामा सञ्चालित कार्यक्रममा सरकारी वकिलको कार्यलयको काम कर्तव्य अधिकार, मुद्धाका प्रकार, वकिलको प्रकार, जिल्ला न्यायधिवक्ता र सहकायक जिल्ला न्यायधिवक्ताको काम कर्तव्य अधिकार लगायतको वारेमा वकिल पुष्पराज वास्तोलाले जानकारी गराउनुभएको थियो भने अधिवक्ता शारदा सन्तोषी राईले न्याय सम्पादन, जिल्ला कानुनी सहायता समितिले गर्ने कामहरुको वारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रम धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गको प्रमुख आतिथ्य तथा वडाध्यक्ष निरेन तामाङ्गको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।


