धनकुटाको हिलेमा फुड फेष्टिभल हुने
धनकुटा खबर । पर्यटन प्रवद्र्धन गर्ने लक्षका साथ आउदो चैत १० देखी १५ गते सम्म हिलेमा आयोजना हुन लागेको फुड फेष्टिभलको लागि आज विभिन्न ११ ओटा उप सतितिहरु गठन गरिएको छ ।
हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास संस्था र श्रेत्रिय होटल एशोसिएसन धनकुटाको संयुक्त आयोजनामा हुन लागेको फुडफेष्टिवल भव्य रुपमा सञ्चालन गर्नका लागि फुट फेस्टिबल मुल समितिका संयोजक खगेन्द्र कुमार विष्ट को संयोजकत्वमा १३ सदस्यीय फुटफेस्टिबल प्रायोजन तथा व्यवस्थापन समिति, सिताराम थिङको संयोजकत्वमा ९ सदस्यीय फुड फेष्टिबल समन्वय सहकार्य व्यवस्थापन समिति, विविन्द्र विस्टको संयोजकत्वमा ५ सदस्यीय स्टल व्यवस्थापन समिति, मदन मैनालिको संयोजकत्वमा ५ सदस्यीय आर्थिक व्यवस्थापन समिति, प्रेमप्रसाद निरौलाको संयोजकत्वमा ११ सदस्यीय गेट तथा मञ्च व्यवस्थापन समिति, भोगेन्द्र थापाको संयोजकत्वमा बजार सजावटा समिति, दिपक घिमिरेको संयोजकमा १५ सदस्य प्रचार प्रसार समिति, कृष्ण तितुङ तामाङको संयोजकमा ७ सदस्य खानेपानि सरसफाई व्यवस्थापन समिति, मनुकला लिम्बुको संयोजकत्वमा ५ सदस्य अतिथि सत्कार तथा सम्मान समिति, अर्जुन शाहीको संयोजकत्वमा ५ सदस्यीय कलाकार व्यवस्थापन समिति र चिन्तन थिङको संयोजकत्वमा २१ सदस्य फुटफेस्टिबल अनुगमन समिति गठन गरिएको हो ।
स्थानिय खानाको परिकारहरुको प्रचार प्रसार तथा प्रवद्र्धन गर्दै आन्तिरक तथा वाह्य पर्यटक भित्राउन,यहाँको मौलिक तथा सास्कृतिक भेषभुषा र रितिरिवाजको जर्गेना गर्ने,अर्गानिक खानाको विकास गर्ने र एग्रो टुरिजमको विकास गर्ने लक्ष्यका साथ रामनवमिको अवसरमा ५ दिने फुट फेस्टिवल आयोजना गर्न लागिएको होे ।
फुड फेष्टिवलमा यहाँका स्थानिय टिपिकल स्वदिस्ट खाना परिकारका स्टल, स्थानिय कला, संकृतिकको प्रदर्शन, विभिन्न जातजातिहरुको झाँकी प्रर्दशन, कोशेलिघरको निर्माण गरि स्थानिय उत्पादनको प्रचार प्रसार गर्ने खालको स्टलहरु राखीने जनाईएको छ ।
साथै फुट फेष्टिवलमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहने छ । फुट फेस्टिवलका लागि ११ लाख ७५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।


