धनकुटा महोत्सवको तयारी अब अन्तिम चरणमा (भिडियो सहित)

धनकुटा खबर । यही फागुन २० गते देखी धनकुटामा सञ्चालन हुन लागेको धनकुटा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

पर्यटन तथा व्यापार प्रवद्र्धन गर्ने लक्षका साथ धनकुटा उद्योग वाणीज्य संघको आयोजना, घरेलु तथा साना उद्योग महासंघ धनकुटाको सहयोग र धनकुटा नगरपालिकाको विशेष सहयोगमा सञ्चालन हुन लागेको प्रदेश स्तरिय महोत्सवमा १ सय २५ प्रकारका स्टलहरु समावेश गरिने उद्योग वाणीज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले वताउनुभएको छ ।

उहाँले महोत्सवमा राखीने विभिन्न प्रकारका स्टलहरु मध्ये कृषी, घरेलु पर्यटन,स्वास्थ्य र शिक्षाका सामाग्रीलाई विशेष प्राथामिक्तामा राखिएको जानकारी गराउनुभयो । त्यस वाहेक उद्योग,वाणीज्य तथा अटो मोवाईलका स्टलहरु समेत महोत्सवमा समावेश गरीने उहाँले वताउनुभयो ।

त्यस्तै २७ प्रकारका खानाका स्टलहरु राखीने छ । महोत्सवको तयारी अन्र्तगत अहिले स्टलहरु आउने, महोत्सवमा ल्याईने कलाकारहरुको अन्तिम टुङ्गो लगाउने लगायतका कामहरु भईरहेको र भोलि साँझ सम्म तयारीका सम्पूर्ण काम पूरा हुने अध्यक्ष घिमिरेले वताउनुभयो । जिल्लामा वसोवास गरिरहेका १५ जातजातीको साँस्कृतीक झाँकी एवम् भेषभूषा पनि प्रर्दशन गरिने महोत्सवको १ लाख मानिसले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।

प्रत्यक्षरुपमा तीन करोण र वाह्य वजार क्षेत्रको समेत गरी ५ करोणको कारोवार हुने अपेक्षाका गरिएको महोत्सवमा ६० लाख वरावरको खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष घिमिरेले वताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।