कर्मचारीबीच घूस बाँडफाँट नमिल्दा मालपोत कार्यालयभित्रै कुटाकुट
धनगढी । कर्मचारी बीच घूस बाँडफाँटका कारण कार्यालयभित्रै कुटाकुट भएको छ। कुटाकुट हुँदा एकजना घाइते भएका छन्।
प्रहरीले कुटपिटमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर छाडेका छन् । मालपोत कार्यालयकै एक कर्मचारीले खबर गरेपछि प्रहरीले पक्राउ गरेको हो। सबै कर्मचारीले मदिरा सेवन गरेका प्रहरीले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका कर्मचारीमध्ये पूर्णानन्द भट्टको दायाँ हात भाँचिएको छ । अनुसार पक्राउ पर्नेमा नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, वीरेन्द्र सिंह, सागर कुँवर र ज्ञानेन्द्र ओझा छन् ।


