महेन्द्र मल्लको जस्तो चुलो धुँवायो कि धुँवाएन भन्ने समय रहेन : प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको यो अन्र्तवार्ता हामीले भर्खरै सार्वजनिक ओलीको व्यक्तिगत वेभसाइटबाट लिएका हौं । प्रस्तुत छ उनीसँग लिइएको अन्र्तवार्ताको एक अंशः

जतिबेला नेपालीहरु आफ्नो घरमा आगो बाल्दै थिए, एक सिलिण्डर ग्याँसका लागि लुछचुँडी गर्दैथिए । हारालुछ गर्दै थिए, लाठी खाँदै थिए त्यति बेला तपाईले घरघरमा ग्यास पुर्याइदिन्छु घरघरमा ग्यासको पाइप पुर्याइदिन्छु भन्दैहुनुहुन्यो । जनता त्यस्तो सकसमा भएको बेला त्यस्तो सपना चाँही किन बाँड्नु भएको ?

एउटा अनिकाल परेको बेला बच्चाबच्चीहरु एउटी आमाले के गरिछन् भने बाबु अन्न खोज्न भएको छ । तर, बच्चाबच्चीहरु भोकले छट्पटाएर मर्न लागे त्यति बेला उनके के गरिछन् भने एउटा लोहोरो चुलामाथि राखेर पाक्दैछ, बाबु पख भन्दै अल्मल्याइन् र त्यसले एउटा आशा त जगायो ति बच्चाबच्चीहरुमा आशा पलायो खान त पाइने रहेछ भनेर । असाधारण ढंगले अत्यन्त्यै अमानविय स्थितिमा हामी पर्यो । हाम्रो आवागमन यातायात परिवहन सबै ठप्प भए । हामी दाउरा भन्दा पनि मट्टीतेल ग्यास तिर भर्रखर लागेका थियौं त्यही पनि शहरमा । शहरको जीवन अब दाउराबाट महेन्द्र मल्लको जस्तो चुलो धुँवायो कि धुँवाएन भन्ने समय रहेन अबको समय ग्यासको समय रह्यो । तर, अचानक हामीसँग दाउरा छैनन् । घर गतिला छैनन् । अरु कुनै विकल्प हामीसँग छैनन् । विद्यु्त पर्याप्त छैनन् । भनेपछि नखाइ पनि हुँदै खानालाई मान्छेले धेरै वर्ष अगाडि छेड्दिसके । पकाएर खान जानेको धेरै हजार वर्ष भयो । पकाउनलाई ग्यास छैन । अस्ती एउटाले लोकगित बनाए छन्, ‘हामी पनि के भन्दा कम’ भनेर । रित्तो सिलिन्डरलाई लात्ताले हानेर गुरुरर गडाएको देखाइदिएको थियो । हामी गरौं तर, अब विदेशी ग्यासका सिलिन्डर बोकेर हिड्ने यो अवधीलाई हामीले समाप्त पार्नुपर्छ । र, चुलामा ग्यासका पाइप पुर्याउने प्रबन्ध गनुपर्छ ।

तपाईले देखेको अर्को सपना चाँही अब हामीले प्रशान्त महासागरमा हिन्द महासागरमा अब आफ्नै पानीजहाज कुदाउनुपर्छ, तपाईले एक भाषणमा त भन्नु भयो मान्छेले कागजको पानी जहाज कुदाएर भेल तिर हाल्दिए भनेर, खुब अडाए तपाईलाई ?

यस्तो त के हुन्छ भने एउटा विद्यानलाई महाभारत युद्धमा सोधियो । महाभारत युद्धको समाप्ती थियो । त्यस यज्ञमा एक दार्शनिकले तथ्यपूर्ण कुरा गरेका थिए । तर , प्रचलित मूल्यमान्यताअनुसार भएन भनेर त्यो अन्धविश्वस किताब पढेका विद्धान जो किताब पढेका विद्धानलाई ढुंगाले किच्याएर मारे । हामी त्यो अवधी पार गरेर आएका हौं । जो आफूलाई खतरनाक विद्धान ठान्छ । जो आफूलाई किताब पढेको छ ठान्छ । ज्ञान चाँही छैन । त्यस्ता खतरनाक तत्वहरुको फेला परिन्छ । उनीहरुले के सोच्छन् भने सिध्याएर छोडिन्छ । त्यो उनीहरुको भ्रम हो । आत्मसन्तुष्टीका लागि ।

तर, भूकम्पले थिलथिलो भएका मानिसहरु, नाका बन्दीको त्यत्रो चपेटामा परका थियौं । त्यस्तो बेलामा त्यस्तो सपना चाँही किन देख्नुभो ?

कुनै बाँझो बारी हेरेर त्यो बाँझोकै गित गाएर कुनै फाइदा छैन । त्यो बारी उर्भर बनाउँछु यसबारीमा यति फलाउँछु भन्ने सपना देखिएन भने त्यो बाँझोको गित मात्र गाएर केही हुँदैन । अहिले मान्छेले खान, लाउन पाएको छैन । जब पाएका छैनन् । राजगारीका अवसर नपाएर युवाहरु विदेश गइरहेका छन् । यही मात्र भनेर त हुँदैन नि त । भूपरिवेश्टित देशहरुले पनि पानी जहाज लिएका छन् र चलाएका छन् । मंगोलिया जस्तो उर्वर होइन उसले कत्रो उपयोग गरेको छ । दुई सय ६५ वटा पानी जहाजबाट । यत्रो पानी जहाज त चाँहिदैन । उसले यत्रो पानी जहाज प्रयोग गरेको छैन । भाडामा दिएको छ र त्यसबाट उसले आम्दानी गरेको छ । समुद्र सबेको हो । त्यसमा जहाज लगाएर जसले पनि आम्दानी गर्छ । मैले त्यो कुरा गरेपछि केही पानी जहाजका मान्छेहरु पनि आएका थिए । तर, उनीहरु काम गर्न तयार छन् । तर अब मैले भ्याउने अवस्था रहेन ।

यी त भए तपाइले देखेका सपनाहरु । यी बाहेक चर्चित नै भन्नुपर्छ । नवलपरासीमा फलाम खानी, केरुङ–काठमाण्डु रेलमार्ग, दुईवर्षभित्र आफ्नै पेट्रोल खानी, तपाईले भन्नुभएकै हो अब हामी भारतको पेट्रोल पनि नल्याउने चीनको पनि नल्याउने भन्नु भएकै हो ?

तपाईलाई म भनौं हाम्रो रेल साङ्घाइ वा हेनाइबाट जाने र त्यहाँबाट हाम्रा पानी जहाजमा हाम्रा सामान पुर्याउने र त्यहाँबाट ल्याउन हुँदैन र ? रक्सौलसम्म त र भारतको ट्रेनको लिग छ त । यहाँदेखि त्यहाँसम्म बनाउन हुँदैन र ? काठमाण्डु मुख्य शहरभित्र बस ट्रक जान सक्दैनन् तर, त्यहाँ केबलबारबाट मान्छे आउजाउ बनाउने मिल्ने गरी बनाउन सकिँदैन् ? अनि जनताले बुझ्छ केही आग्रह युक्त मान्छेहरुले नबुझेको स्वांङ पारेर भ्रम फिजाउँछ । तर, कुरो के हो भने उनीहरको जिन्दगीमा उनीहरुले लेखेका लेख देखाएर १० वर्षपछि कसैले यो तिमिले के लेखेको थियो । भनेर भन्यो भने के जवाफ देला ?

रेलको कुरा गरिहाल्नु भयो तपाईले बाँडेको सपनालाई लिएर केही पत्रपत्रिकाले तपाईको मानसिक स्थिति लिएर लेखे, तपाईले खाने औषधीका बारेमा पनि लेृख लृेखे, तपाईको सपनाका विषयलाई लिएर केही प्रश्न पनि गरे यसमा तपाईलाई केही भन्नुछ ?

हाँसो । हेर्नुस् मान्छेले यहाँको परिचय भन्छन् नि । बोलेपछि परिचय आँफै हुन्छ । आ–आफ्नो परिचय मान्छेहरुले दिएका छन् । हतार किन गर्ने ? पर्दै पर्दैन नि । त्यसहिसाबले उनीहरुलाई आफैं प्रश्न गर्छ ।

तपाइले जति पनि सपना देख्नु भयो कि जति पनि नेपालका प्रधानमन्त्रीहरुलाई यहाँ सपना देख्न दिन्छ ?

रोक्न सक्दैन । हामीलाई सपना देख्न कसैको इजाजत चाँहिने पनि होइन । सपना देख्न पाइन्न भनिदैन ।

नदेख्ने इजाजत छ कि छैन ?

हाल भएका घटना देख्नु नै भएको छ । त्यसले छर्लङ्गै छैन र ?



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।