छबिराज ओझाको अन्तिम फिल्म हो ‘मंगलम’, यस्तो छ कारण… – भिडियो सहित

फिल्म प्रदर्शनको नजिकै आइपुग्दा फिल्म मंगलम टीम केही दिनअघि ईटहरी प्रचारमा ईटहरी आईपुगेको थियो । फिल्मका कार्यकारी निर्माता छबि राज ओझा, निर्देशक नवल नेपाल, नायक पुष्प खड्का, नायिका शिल्पा पोख्रेल प्रचारमा सामेल थिए ।

मंगलममा कार्यकारी निर्माताको रुपमा रहेका छबिराज ओझाले यो आफ्नो चलचित्र अन्तिम हो भन्ने हल्लाको विषयलाई प्रस्ट्याएका छन् । त्यस्तै कुराकानीकै क्रममा निर्देशक नवल नेपालले फिल्म चल्ने र दर्शकले मन पराउनेमा आफुहरु ढुक्क रहेको बताएका छन् । हेर्नुस् छबिराज र नवल संग गरिएको कुराकानी

https://youtu.be/sWUIpHIhGPc

फिल्म मंगलम यहि फाल्गुन २५ मा रिलिज हुदै छ । फिल्म क्षत्रको बाघ मानिने निर्माता छवि राज ओझाले निर्माण गरेको फिल्म मंगलमको पर्ख पर्ख बोलको गीत निकै सफल भैसकेको छ । उक्त गीतले युटुबमा लाखौ पटक हेरिएको छ ।

फिल्मलाई नवल नेपालले निर्देशक गरेको हुन भने पुस्प खड्का, सिल्पा पोखरेल, पृथ्वी राज प्रसाईं, मिथिला शर्मा लगायतको मुख्य अभिनय रहेको छ । निर्माताको रुपमा सिल्पा पोखरेल रहेकी छिन । कार्यकारी निर्माता छबिराज ओझा हुन भने गोविन्द फुयालले लेखेको फिल्मलाइ कल्पित घिमिरेले खिचेका छन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।