सुरु हुने भयो नेपाल आईडल-२ को अडिसन, कहाँ-कहाँ र कहिले हुँदैछ ?

अन्तरास्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालिटी शो ‘नेपाल आईडल’ पहिलो सिजनको सफलतापछि यसको दोश्रो सिजन पनि हुने भएको छ ।

केही समय अघि दोश्रो सिजन घोषणा गरेको एपिवान टेलिभिजनले भर्खरै अडिसन मिति र स्थान पनि सार्बजनिक गरेको छ । देशका कुना कन्दरामा बसेरा आफ्नो गायन कलालाई तिखार्दै बसेकाहरुको लागि यो निकै ठूलो अवसर र स्थान बनेर आएको छ ।

पहिलो सिजनमा देशभरको ७ मुख्य सहरबाट उत्कृष्ट जादुमय स्वर भएकाहरूले मौका पाएका थिए भने दोश्रो सिजनमा देशभरका ६ शहरबाट जादुमय स्वरहरु छानिने छन् । यसको अडिसन कहा कहा र कहिले हुने बारे बिस्तृत जानकारी सहितको यो भिडियो हेर्नुस्

https://youtu.be/hSNvmx2usHo

नेपाल आईडलको पहिलो सिजनले सुरुवात देखि, सुखद समापन समेत गर्न पाएको थिएन । अब दोस्रो सिजनले कस्तो उपलब्धि हासिल गर्ने हो भन्ने कुरा भने सबैमा खुल्दुली छ ।

आउदो चैतबाट अडिसन हुने दोश्रो सिजनमा तपाईको सहभागिता निकै उत्साहजनक हुनेछ । नेपाल आईडलको दोश्रो सिजनलाई पनि पछिल्लो समय निकै लोकप्रिय क्यामेरा फोन ओप्पोले नै मुख्य प्रायोजन गरेको छ ।

पहिलो सिजनमा पनि ओप्पो नै मुख्य प्रायोजक रहेको थियो । बिजेताले के पाउने भन्ने बिषयमा हाललाई खुलाईएको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।