धनकुटाको कागतेमा सार्बजनिक सुनुवाई, पर्यटकीय क्षेत्र बनाउन अघि सारियो यस्तो प्रस्ताव

धनकुटा खबर । ग्रिन सिटी कागतेलाई पर्यटकीय क्षेत्र बनाउन लगानी गर्नु पर्ने सार्बजानिक सुनुवाई कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

धनकुटा नगरपालिकाको वडा नं. ३ मा रहेको कागतेमा सवै घर ग्रिन कलर गर्न थालेको छ । अव अन्य पुर्वाधार बनाउन नगरपालिकाले सहयोग गर्नु पर्ने सहभागीहरुले माग गरेका छन् । कागतेमा कागतिको स्तम्भ र भ्युटावर बनाउने योजना रहेको छ ।

भाषा माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतनाथ वाग्ले कागते क्षेत्रलाई मदिरा निशेधित बनाउनु पर्ने र ड्रेसमा रहेका विद्यार्थीलाई चुरोट खैनी विक्री गर्ने पसललाई कार्वाही गर्नु पर्ने माग राखे । बालबालिकालाई कुलतबाट जोगाउने विद्यालय आसपास रहेका पसलले मदिरा र चुरोट विक्री रोक्नु पर्ने वाग्लेले बताए ।

त्यसैगरी बाँदरले कृषि उत्पादन नष्ट गरेकाले खेदाउनु पर्ने, खानेपानीको समस्य रहेकाले पाईपको ब्यबस्था गरिदिनु पर्ने, योजना तर्जु प्रक्रियालाई सहभागितात्मक बनाउनु पर्ने, भुकम्प पिडित परिवारलाई नगरपालिकालेख सहयोग गर्नु पर्ने र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न योजना बनाउनु पर्ने लगायतका गुनासो स्थानीयबासीले राखेका थिए ।

त्यस अवसरमा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले कागतेबासीले राखेका मागहरु महत्वपुर्ण रहेकाले बजेट ब्यबस्था गर्न कटिबद्ध रहेको बताए । ५ बर्ष भित्रमा धनकुटा नगर क्षेत्रमा खानेपानी समस्य समधान गर्ने, सडकको स्तरोन्नती गर्ने र गरिबी न्युनिकरणका लागि प्रयास गर्ने मेयर तामाङले बताए ।

प्रमुख प्रशासकीय अधिकृत टिकादत्त राईले जनप्रतिनिधिहरुले नीतिगत निर्णय गरेर ल्याएका योजनालाई कार्यन्वयन गराउने प्रतिबद्धता ब्यक्त गरे । त्यस अवसरमा धनकुटा नगरपालिकाले प्रदान गर्ने सेवाको गुणस्तरको विषयमा संकलन गरिएको नागरिक-अभिमत र बर्हिगमित अभिमत समेत प्रस्तुत गरिएको थियो । त्यस्तै वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले वडामा संचालन भईरहेका योजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।