नेपालमै पहिलोपटक प्याकिङ्ग अलैची धनकुटाको बजारमा ! (भिडियो सहित)
धनकुटा खबर । अलैची ब्यबसायी महासंघ धनकुटा शाखाले नेपालमै पहिलोपटक प्याकिङ्ग अलैची बजारमा ल्याएको छ ।
धनकुटामा जारी ब्यापार महोत्सवको प्रदर्शनीसंगै शाखाले बिभिन्न तीन ग्रेडिङ्गका १ सय, २ सय र ५ सय ग्रामको अलैची बजारमा ल्याएको हो ।
एभरेष्ट बिग कार्डवम ट्रेडमार्कको नामबाट बजारमा आएको उक्त अलैची ब्यापार घाटाको जोखिम न्यूनिकरणका लागि स्थानिय बजारको बिस्तार बजारमा ल्याईएको महासंघका धनकुटा अध्यक्ष ईन्द्र तितुङ्गले जानकारी दिए ।


