मेलिना र गंगा बरदानको गीतमा झुमे धनकुटाबासी

धनकुटा खबर । प्रदेसको राजधानी माग गर्दै आन्दोलन गरिरहेका धनकुटाबासी गीतसंगितमा रम्न थालेका छन् ।

बन्द हड्ताल आन्दोलनले थलिएको धनकुटाको ब्यापार प्रबद्र्धन गर्नको लागि चौथो प्रादेसिक औद्योगिक व्यापार मेला तथा कृषि प्रर्दशनी एवम् धनकुटा महोत्सवमा आएका कलाकारले धनकुटाबासीलाई सांगितिक मनोरन्जन दिईरहेका छन् ।

फागुन २० गते दखि सुरु भएको महोत्सवमा सोमबार राती ११ बजे सम्म धनकुटाबासी संगितमा झुमे । धनकुटाबासीलाई मनोरन्जन दिन र नचाउन आएकी थिईन, अहिलेकी हटकेक गायिका मेलिना राई । उनलाई साथ दिएका थिए, पुराना गायक गंगा बरदानले ।

लामो जुल्फी र ख्याउते शरिर, गंगा बरदानको परिचय हो । तर सांगितिक क्षेत्रमा उनी नेपालकै मोटा र अब्बल हुन् । त्यसैले ६५ बर्षिय गायक बरदानलाई धनकुटे युवायुवतीले साथ दिए । ९ बजे राती मंचमा उत्रिएका गायक बरदानले धराने हावा तोङवाको पानी, कहाँमा काट्यो बेतको लौरी र सदबहार लोकगीत छपनी छानछान, डबकीले हान बोलका गीत गाउँदा धनकुटा टुडिखेल संगितयम बनेको थियो । दर्शकले वान्समोर भन्दाभन्दै गायक बरदान विदा भए ।

गायक बरदानको पालो सकिने वित्तिकै मंचमा देखिईन, सुन्दरी गायिका मेलिना राई । मोरङबाट सांगितिक यात्रा सुरु गरेकी मेलिना राईले सुरुमै भनिन्ः मलाई जाडो र सुन्तला मन पर्छ । त्यसैले धनकुटामा एक्साईटेट छु । अनि दर्शकले हुटिङ गर्न र मेलिनाले गीत गाउँ सुरु गरे । सेन्टिमेन्टल गीत ‘पल भरमै खुसी’ बाट गाउन थालेकी राईले कुटुकुटुमा सुपारी दान बोलको गीत गाएर मंचबाट विदा भईन् । गीत गाउँदा पटकपटक धनकुटामा चोखो माया दिने जवानको खोजी रहेको भनिरहँदा दर्शक निकै उत्साहित भएका थिए ।

एक घण्टाको कार्यक्रममा उनले तिम्ले बाटो फे¥र्यौ अरे, कम्मर माथी पटुकी, शिरैमा शिरबन्दी, चरिजस्तो उड्न पाए, छपक्कै फुल फुल्यो र माच्छीले खाने खोलीको लेउ बोलका गीत गाउँदा रातको ११ बजेको दर्शकले पत्तै पाएनन् ।

त्यस अवसरमा धनकुटाको त्रिवेणी साँस्कृतिक समुहका कलाकारहरुले समेत दर्शकलाई मनोरन्जन दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।