कार्यालयमा राखिएका उजुरी पेटीकाबारे सर्बसाधारण बेखबर, जानकार भन्छन,- उजुरी पेटीमा विश्वास नै छैन
धनकुटा खबर । हरेक जसो सरकारी कार्यालय परिसरमा राखिएका उजुरी पेटीकाबारे सर्बसाधारण बेखबर छन् ।

धनकुटाका प्राय सबै सरकारी र गैरसरकारी कार्यालयमा सेवा ग्राहिका गुनासा सुन्न उजुरी पेटीका राखिएको छ । लम्बीदो संक्रमणकाल र कर्मचारीतन्त्रमा भित्रीएको गैरजिम्वेवारीका कारण पेटीकामा हालिएको उजुरीले काम गर्छ भन्ने विश्वास सेवाग्राहिमा छैन ।
गाउँगाउँबाट आउने सेवाग्राहिलाई अझ उजुरी पेटिका किन र के को लागि राखिएको भन्ने हेक्का छैन । राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका चौविसे गाउँपालिकाका गणेश लिम्बुले हुलाकमा मात्रै यस्तो देखेको बताए । उनले भने–‘हुलाक पठाउने चिठि राखिएको होला ।’
उनिमात्र होईन मालपोत कार्यालयमा भेटिएका सागुरी गढीका हर्कमान लिम्बु पनि कर्मचारीतन्त्रमा भित्रीएको गैरजिम्वेवारीका कारण उजुरीले काम गर्छ भन्ने विश्वास नभएको बताए । उनले भने जनप्रतिनिधीले समेत उजुरी पेटाकामा हालेको उजुरीले काम गर्छ भन्ने विश्वास दिन सकेका छैन्न् ।
गोपनियता सुरक्षित हुने भए पनि यसको उजुरी पेटीकाको महत्व बुझाउन तर्फ कसैको ध्यान गएको देखिदैन्न ।
स्वच्छ र छिटो छरितो गुणतरिय सरकारी सेवा प्रवाहमा अबरोध भए गुनासा र सुझाव संकलनका लागि राखिएका पेटीका परम्परा मात्रै बन्दै गएको छ ।


