झण्डै ७९ हजार मानिसहरुले अवलोकन गरे धनकुटा महोत्सव, अब ५ दिन बाँकी

धनकुटा खबर । धनकुटामा सञ्चालित चौथो धनकुटा महोत्सवको झण्डै ७९ हजार मानिसहरुले अवलोकन गरेकाछन् ।

गत फागुन २० गतेवाट सञ्चालित महोत्सवको आज ५ औ दिन सम्म उल्लेखित संख्याका मानिसहरुले अवलोकन गरेको महोत्सव प्रचार प्रसार समितिका संयोजक विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

महोत्सवमा आज सम्म अनुमानित १ करोण वरावरको आर्थिक कारोवार भएको पनि उहाँले वताउनुभयो ।

पर्यटन प्रवद्र्धन र समुन्नत व्यापारीक विकासका लागि धनकुटा उद्योग वाणीज्य संघको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको सह आयोजनामा सञ्चालित महोत्सवमा आज वेलुकी राष्ट्रिय कलाकारहरु दिपक लिम्वु र विनोद खम्वुको सांगितीक प्रस्तुती रहने छ । महोत्सव फागुन ३० गते सम्म सञ्चालन हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।