नीता छेउमा हुँदा यसरी अत्तालिए ‘प्रचण्ड’ ! झलनाथदेखि धमलासम्म ‘पञ्चायत’ प्रिमियरमा – हेर्नुहोस्

काठमाडौं, २५ फागुन । नायक सरोज खनाल र नायिका नीता ढुङगानाको मुख्य भूमिका रहेको र ५० बर्ष पुरानो कथामा निर्माण भएको चलचित्र ‘पञ्चायत’ को प्रिमियर–शो हेर्न पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड कुमारी हलमा पुगेका छन् ।

खनाल र प्रचण्डसँगै उद्योगमन्त्री मातृका प्रसाद यादव, पूर्वमन्त्री वर्षमान पुन लगायतका नेताहरु हलमा पुगेका छन् । ग्रामिण परिवेशमा खिचिएको यस चलचित्र निकै राम्रो बनेको र, चलचित्रमा बाग्लुङमा बोलिने पुरानो भाषालाई कलाकारहरुले बोल्न अलि समस्या परेपनि चलचित्र राम्रो बनेको यसका निर्माण युनिटले जनाएको छ ।

बिपिन मल्लले सम्पादन गरेको चलचित्र पञ्चायतमा सरोज खनाल, निताको अलवा रुपा राना, गणेश गिरी, जाहन्वी बस्नेत, बिशाल पहाडी, गिता अधिकारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ ।

अर्को बर्ष प्रदशन गर्ने तयारी मा रहेको चलचित्र ‘पञ्चायत’को कार्यकारी निर्माता मा संचारकर्मी रबि अधिकारी रहेका छन् भने सुशान्त श्रेष्ठ र शंकर सुवेदी निर्माता रहेका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, टंक बुढाथोकीको संगीत,शिवम् अधिकारीको लेखन निर्देशन र गणेश गिरीको प्रस्तुति रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।