वडाअध्यक्ष केसीमाथि लाग्यो कुखुरो चोरेको आरोप

कालिकोट । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष दुर्गबहादुर केसी र वडा सदस्य रामबहादुर केसीलाई कुखुरो चोरीको आरोप लागेको छ । गत फागुन ६ गते राति वडाअध्यक्ष र सदस्यले स्थानीय अर्जुन खत्रीको कुखुरो चोरी खाएको आरोप लगाएका हुन् ।

वडाअध्यक्ष र सदस्यले कुखुरो चोरी गरेर खाएको भन्दै गाउँमा अहिले उनीहरुको राजीनामा मागिएको छ । स्थानीयले प्रेस विज्ञप्ती समेत निकालेर राजीनामा माग्दै गाउँका सार्वजनिकस्थलमा टाँसेका समेत छन् ।

स्थानीयले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जनताको जीउधनको सुरक्षा गर्ने जनप्रतिनिधिहरुले कुखुरो चोरी गरेर खाएको प्रमाणित भएको छ । नैतिकताका आधारमा राजीनामा दिनुपर्छ ।’

वडाध्यक्षले भने,- बेइज्जत गर्न खोजियो

तर, वडाअध्यक्ष दुर्गबहादुर केसीले भने आफ्नो बेइज्जत गर्न झुटो आरोप लगाएको बताएका छन् । उनले कुखुरो चोरी भयो भन्ने अर्जुन केसी, गणेश लुवार, वीर केसी र रामबहादुर केसी लगायतको टोलीले सँगै खाजा खाएको पनि स्वीकारेका छन् ।

केसीले सिपखानाका व्यवारीबाट अर्जुन केसीले किनेको ब्रोइलर कुखुरो छाडेर गएपछि गणेश लुवार र रामबहादुर केसीले पकाएर बोलाएपछि आफूहरुले मासु खाएको बताए । त्यहीकारण आफूहरुमाथि कुखुरो चोरीको आरोप लगाइएको उनले बताए ।

‘खाजा खाँदा उनीहरुले एकापसमा विवाद गरेका थिए’, उनले भने, ‘फरक पार्टीको भन्दै अन्य विवादका आफूलाई कुखुरो चोरीको आरोप लगाएका हुन् । मैले कसरी कुखुरो चोर्न सक्छु ?’

कुखुरो चोरी गरेर खाएको आरोपसहित स्थानीयले विज्ञप्ती नै निकालेको बारेमा आफुलाई थाहा नभएको उनले बताए । ‘कुखुरो चोरीको आरोप कसले लगायो थाहा भएन’, उनले भने, ‘अहिले म गाउँ जाँदैछु । बुझेर तपाईँलाई खबर गरौंला ।’

वडाअध्यक्ष केसीले कुखुरो चोरेर खाएको बिषयमा गाउँपालिकामा कुनै जानकारी नभएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए ।

– बिस्नप्रसाद न्यौपाने / अन्नपूर्ण पोष्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।