धनकुटाका यी किसानले साग बेचेरै कमाऊँछन लाख रुपैयाँ !

धनकुटा खबर । तरकारी उत्पादन र निकासीका लागि चर्चित धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिका स्थित मजुवा र नाम्जाङ्गका किसानले रायो साग उत्पादन र बिक्रिबाट राम्रो आम्दानी गरिरहेका छन् ।

आलु, बन्दाकोपी र काउली उत्पादनका लागि प्रख्यात यो गाउँका किसानले बेमौसममा पनि रायो साग र मटरकोसा बिक्रिबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । खडेरी र सुख्खाको यो मौसममा पनि यहाँका बारि लहलहाउँदो रायो साग र मटरकोसा उत्पादनले हराभरा भएको छ । किसानले लोकल तथा हाइब्रिडजातका सागका सागका बीउ लगाउने गरेका छन् ।

नाम्जाङ्ग र मजुवा क्षेत्रका करिब दुइसय ५० किसान परिवारले हिउँदका महिनामा साग बेचेर सरदर एकलाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको छथरजोरपाटी गाउँपालिका ६ की होमकुमारी पौडेलले बताईन । हिउँद महिनामा अन्य तरकारी भन्दा सागको माग बढी हुने गरेकाले साग उत्पादनबाट किसानले राम्रो आम्दानी गर्ने गरेको कृषक रमेश काकीले बताए ।

रायोसाग र मटरकोसा उत्पादनमा लागेका किसानलाई कृषि कार्यालय र सिंधुवा स्थित प्रधानमन्त्री कृषि आनुनिकिकरण परियोजनाले प्रविधिक सहयोग उपलब्ध गराउँदै आएका छन् । मनग्गे उत्पादन भएपनि बजारसँगको सोझो पहुँच नहुँदा रायो सागको उचित मूल्य पाउन नसकेको किसानहरुको गुनासो छ ।

धनकुटाको पाँचसय हेक्टर क्षेत्रफलमा ब्यबशायीकरुपमा भैरहेको खेतिबाट ६ हजार मेट्रिकटन रायो साग जिल्ला बाहिर निकासी हुने गरेको छ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको नाम्जेमा साग टिप्दै किसान ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।