बर्षा नहुँदा धनकुटाका किसान चिन्तित
धनकुटा खबर । फागुन तेस्रो साता बिति सक्दा समेत बर्षा नभए पछि धनकुटाका मकै खेति गर्ने किसानलाई चिन्ताले सताउन थालेको छ ।
चैत महिना सूरु भएसंगै मकै खेति सूरुहुने भए पनि प्रयाप्त बर्षा हुन नसक्दा अहिले पनि किसानका बारी एक सरो नजोती बाझैँ छन् ।
धनकुटाको महालक्ष्मीका कृषक अर्जुनबहादुर मगरले भने अन्य बर्षको समय यो समयमा बारीमा मल लगाइ एक सरो जोतेर मकै रोप्नका लागि जग्गा तयार पारी सकिएको हुन्थो तर अहिले बर्षा नभएकै कारण खेत बारी खनजोत गरीएको छैन् ।
त्यस्तै गुनासो छ अर्को कृषक श्यामबहादर राइृको पनि उनि भन्छन्,- हिउदमा बर्षा हुन छोड्यो हिउँदे बालि त राम्रो भएन तर अहिले मकै रोप्ने सिजनमा समेत पानी नपरे पछि मकै बालि समेत लाई प्रभावित हुने भयो ।
धनकुटाको लेगुवा, भिरगाउँ, तेलिया , तांखुवा, मौनाबुधुक,बसन्तटार लागायतका स्थानमा व्यावसायकि मकै खेति हुने गरेको छ , धनकुटामा देउती, मनकामना ३ र ४, गणेश १, रामपुर कम्पोजिट, तथा अरुण १ र २ जातको मकै खेति हुने गरेको छ भने जिल्लाको कुल खाद्यन्यको करिब ३५ प्रतिशत मकै खेतियो येगदान रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्गछ ।


