छथरजोरपाटी गाउँपालिका लागि ‘१७ रोपनी जग्गा’ उपलब्ध गराउने व्याक्तिहरुलाई सम्मान

छथरजोरपाटी गाउँपालिकाको प्रथम बार्षिक उत्सव सम्पन्न

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको प्रथम बार्षिक उत्सव सम्पन्न भएको छ । आईतबार छथरजोरपाटीको गाउँपालिकाको कार्यलयमा कार्यक्रम आयोजना गरी गाउँपालिकाले प्रथम बार्षिक उत्सव मनाएको हो ।

प्रदेशसभा सदस्य इन्द्रमणी पराजुलीको प्रमुख, आतिथता र जिल्ला समन्य समिती धनकुटा संयोजक टंक बहादुर चौहानको विशेष आतिथयतामा भएको कार्यक्रमा छथरजोरपाटी गाउँपालिका बनाउनका लागि योगदान गर्ने साथै छथरजोरपाटी गाउँपालिका लागि १७ रोपनी जग्गा उपलब्ध गराउनुहुने व्याक्तिहरु लाई सम्मान गरीएको थियो ।

कार्यक्रमा ६ वटै वडाका वडा अध्यक्ष,समाजसेवी, बुद्धिजीवि, शिक्षक, विद्याथीर्, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य गाउँपालिका उपप्रमुख भिमकला श्रेष्ठले राख्दै गाउँपालिकाको प्रथम बार्षिक उत्सव मनाउन पाउनु सबै छथरजोरपाटी बासिको योगदान र सहयोगले सम्भब रहेको बताईन् ।

कार्यक्रमको उदेश्य माथी प्रकास पार्दै गाउपालिका प्रमुख शेरबहादुर लिम्बुले गाउँपालिका स्थापनाको एक बर्षमा स्रोत साधानको कमी भए पनि आशा लाग्दा विकासका काम अगाडी बढाउदै लगेको र यसका लागि सबै छथरजोरपाटी गाउँपालिका दाजुभाई-दिदी-बहिनीको सहयोग रहेको बताउदै छथरजोरपाटी गाउँपालिका लाई विकासको गतीमा अगाडी बढाउन सबैको सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा विभिन्न संस्कृतकि कलाको पनी प्रर्दृशन गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।