सकियो धनकुटा महोत्सव !
धनकुटा खबर । धनकुटामा फागुन २० गते देखि संचालन भएको प्रदेश नम्वर १ स्तरीय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला एवम् धनकुटा महोत्सव सम्पन भएको छ ।

कृषि, पर्यटन ,स्वाथ्य ,शिक्षा ,रोजगार उद्योग र व्यापार समुन्नत प्रदेश न .१ को आर्थिक विकासको आधार भन्ने मुल नाराका साथ फागुन २० देखि अयोजना भएको अद्यौगिक प्रदर्शनी तथा व्यापार मेलामा आज बाट सकिएको हो ।
फागुन २० गते १ न प्रदेशका मुख्य मन्त्री शेरधन राई उत्घाटन गरी सुरु भएको महोत्सव आज बाट औपचारीक रुपमा प्रतिनिधी सभा सदस्य राजेन्द्र राईले सम्पन्न गरेका हुन् ।
महोत्सवमा प्रदेश न १ का सहित देशका विभिन्न स्थानका उद्योगी व्यावसायीले उत्पादन गरेका ढाका कपडा, खुकुरी, हस्तकला, बासँका सामाग्री, लगायत विभिन्न प्रकारका सामग्रीका स्टल साथै कृषकहरुले उत्पादन गरेका मह,अदुवा, अलौची, चिया लगायतका विभिन्न कृषि उपज लाई महोत्सवमा राखि प्रदर्शनी गरी रहेको थियो ।
स्टलमा नेपाल एकिकृत व्यापार रणनीति (एनटिआइएस) मा समावेस १९ प्रकारका वस्तु, औद्योगिक, व्यापारिक, हस्तकला, कृषि तथा जडिवुटी, घरेलु उद्योगवाट उत्पादीत वस्तुहरु तथा कला संस्कृति झल्कने कार्यक्रम एवम् वस्तुहरुको प्रदर्शनी समेत रहेको थियो । भने महोत्सवको पहिलो दिन बाटै विभिन्न राष्टीय र स्थानिय कलाकारहरुको प्रस्तुती समेत भएको थियो । यस महोत्सवमा १ सय ५० स्टल रहने थिए ।
धनकुटा महोत्सव तथा प्रदेश नम्वर १ स्तरीय ओद्योगिक तथा व्यापार भेला आयोजक समितिमा धनकुटा उद्योग बाणिज्य संघ सह आयोजकमा घरेलु तथा साना उद्योग महासंघ धनकुटा, जिल्ला सहकारी संघ, बजार व्यावस्थापन समिती लगायत विभिन्न संघ संस्था तथा स्थानीय निकायहरुको सहयाले महोत्सव सफल हुनमा सहयोग पुगेको उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेले बताए । २ दिन बर्षाले महोत्सव प्रभावित समेत भएको थियो ।


