बर्षा भएसंगै धनकुटाका किसानलाई बर्खे चटारो

धनकुटा खबर । फागुनको अन्तिम सातामा बर्षा भए पछि धनकुटाका मकै खेति गर्ने किसान लाई राहत मिलेको छ ।

चैत महिना सूरु भए संगै मकै खेति सूरुहुने भए पनि प्रयाप्त बर्षा हुन नसक्दा चिन्तित बनेका किसानलाई बर्षा भए संगै बर्खे चटारो सुरु भएको बताउन थालेका छन् ।

धनकुटाको सहिदभूमी गाउँपालिकाका कृषक रामकुमार राईले भने पानी परेर त हामी किसान लाई गुन गरेको छ अब बारीमा मल लगाइ मकै खेति सुरु गर्ने बेला भयो । त्यस्तै चौबिसे गाउँपालिकाका अर्का किसान बोधबहादुर लिम्बुले भन्छन् ।

बर्षा भए संगै अब चैते धान रोप्ने र मकै रोप्ने काम सूरु हुन्छ गाउँ घरमा काम गर्ने मान्छे नपाउदा बेलै बाट आफ्नो काम त घटाउदै लैजानु पर्योनि । बर्षा मात्र भएका स्थानका किसान लाई पानी परेर राहत भएको छ भने असिनाले पानी बालि नष्ट भएका किसान लाई भने आहत भएको छ । असिना र बर्षाले धनकुटामा १६ करोड मूल्यको तरकारी बालि नष्ट गरेको थियो ।

धनकुटाको लेगुवा, भिरगाउँ, तेलिया , तांखुवा, मौनाबुधुक,बसन्तटार लागायतका स्थानमा व्यावसायकि मकै खेति हुने गरेको छ , धनकुटामा देउती, मनकामना ३ र ४, गणेश १, रामपुर कम्पोजिट, तथा अरुण १ र २ जातको मकै खेति हुने गरेको छ भने जिल्लाको कुल खाद्यन्यको करिब ३५ प्रतिशत मकै खेतियो येगदान रहेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।