मूलघाटको शबदाह स्थल अव्यवस्थित हुँदा वातावरण र पर्यटकीय क्षेत्रमामा असर
धनकुटा खबर । धनकुटाको मूलघाटमा शबदाह स्थल व्यवस्थित नहुदा त्यहाँको वातावरण र पर्यटकीय क्षेत्रमामा असर पुगेको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास हुदै गरेको तमोर नदीको मूलघाटमा दाहसंकारका लागि धनकुटाका विभिन्न स्थानबाट दैनिक १ देखि ३ वटा सम्म शव ल्याइने गरेको छ । यसरी ल्याइएका शव लाई अव्यथीत गरी जलाउदा होटल र पर्यटनमा नकारात्मत प्रभाव का साथै वातावरणमा समेत असर पुगेको तमोर रिभर रिसोटका संचालक मोहन वान्तवा राईले बताए ।
वनभोज र जलयात्राका लागि आउने पर्यटक लाई पनि समसया भए को राईले बताए । यहाँ आउने आन्तुक लाई पनि समस्या हने गरेका विराटनगर बाट घुम्न आउका सुरेन्द्र कुमार कायश्थले भने घुम्नका लागि यो क्षेत्र उपयूक्त भए पनि शवदाह स्थल संगै भएको र व्यवस्थि पनि नभएकोले वालवालिका डराउने रहेछन् ।
नदी किनारमा घुम्न बस्न आनन्द हुने साथै यो पर्यटकीय क्षेत्र पनि भएकाले यस लाई व्यवस्थीत गर्न संम्बन्धति निकायले ध्यानदिनु पर्ने कायश्थ बताउछन् ।


