धनकुटा वोधेको आग्लागी अझै नियन्त्रणमा आएन : काठपात, जडिवुटी, पशु र सरसामान जल्दा लाखौंको क्षती

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका वडा नं ५ साविक वोधे ३ को तोस्थाने पाखा वनमा भईरहेको आग्लागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

गएराती देखी भईरहेको आग्लागि नियन्त्रणका लागि ५ नं वडाध्यक्ष पदम देवानको नेतृत्वमा स्थानीय वासिन्दाले प्रयास जारी राखेपनि नियन्त्रण हुन नसकेको स्थानीय भूमिराज देवान आधुनिकले जानकारी दिनुभयो ।

आग्लागीको कारण वनको महत्व पूर्ण काठपात तथा जडिवुटी एवम् स्थानीय सुदिप याख्खाको गोठ र त्यहाँ भएको पशु र सरसामान जल्दा १ लाख २० हजार र अर्का स्थानीय कमल कुमार देवानको पनि गोठ र त्यहाँ राखिएको सरसामान जल्दा ७० हजार वरावरको क्षती भएको जनाईएको छ ।

आग्लागि नियन्त्रणमा नआएपछि सामुदायीक वन र वस्तिमा समेत आगो गुग्ने भन्दै स्थानीय चिन्तित भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।