कृषीमा आधुनिकिकरणका लागि छथरजोरपाटि गाउँपलिका धनकुटाले गर्यो मिनिट्रिलर वितरण
धनकुटा खबर । धनकुटा–छथरजोरपाटि गाउँपलिकाले कृषीमा आधुनिकिकरणका लागि किसानसमूहलाई खेतबारी जोत्नका लागि मिनिट्रिलर वितरण गरेको छ ।

गाउँपलिकाले वितरण गरेको मिनिट्रिलरमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ । गाउँपलिकाका ६ वडा मध्य ५ वडाका कषि समुह लाई अनुदानमा मिनिट्रिलर वितरण गरेको गाउँपालिका प्रमुख शेरबहादुर लिम्बुले जानकारी दिए ।
यसरी अनुदान पाउँने हरुमा मार्गेश्वरी सामुदायीक कृषि समुह वडा न ५ , ढुङ्गगे सहकारी संस्था लिमिटेड वडा न ३ , दिगो आर्गनीक सहकारी संस्था वडा न २, आहाल डाडाँ कृषक समुह वडा न २, जनजागरण कृषक समुह वडा न २ र हातिखर्क बहुउद्धेश्सीय सहकारी संस्था १ रहेका छन् ।
गाउँपलिकाले ३५ हजार र सहकारी संस्थाले ३५ हजार लगानी गरेका थिए ।


