धनकुटामा पनि एसईई परिक्षाको सम्पूर्ण तयारी पुरा, ९७ जना विद्यार्थी परिक्षा दिनवाट वञ्चित
धनकुटा खबर । भोलि देखी देशभर देशभर सञ्चालन हुने एसईई परिक्षाको सम्पुर्ण तयारी धनकुटामा पनि पुरा भएको छ ।
जसअनुसार उत्तर पुस्तिका केन्द्रमा पुर्याउने काम भएको र हरेक केन्द्रमा केन्द्राध्यक्ष पुगिसकेको जिल्ला शिक्षा कार्यलय धनकुटाले जनाएको छ । एस ई ई परिक्षाको लागि जिल्लामा १८ वटा परिक्षा केन्द्रहरु तोकिएका छन् ।
१८ वटम केन्द्रवाट जिल्लाका २ हजार ७ सय ७४ जना नियमित तर्फका र आँशिक तर्फका २ सय ३७ गरी जम्मा ३ हजार ११ जना विद्यार्थीले परिक्षामा सहभागीता जनाउने भएकाछन् ।
परिक्षा सौहार्द पूर्ण वातावरणमा सञ्चालनका लागि प्रत्येक एउटा केन्द्रमा १५र१५ जना सुरक्षकर्मी खटिने जिल्ला शिक्षा अधिकारी राम वहादुर थापा ले जानकारी दिनुभयो ।
जिल्लाको ९७ जना विद्यार्थी भने परिक्षा दिनवाट वञ्चित भएकाछन् । उनीहरुले परिक्षाको लागि फर्म नभरेको कारण परिक्षा दिनवाट वञ्चित भएको जनाईएको छ ।


