धनकुटाको हिलेमा ‘राम नवमी कप’ भलिवल प्रतियोगिता शूरु
धनकुटा खबर । धनकुटाको हिलेमा आजवाट राम नवमीकप भलिवल प्रतियोगिता शूरु भएको छ ।

हिले भलिवल क्लवको आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिता अन्र्तगत आज भएको खेलमा नेपाल आर्मी २ नं वाहिनी अड्डा हिले र पाख्रीवास नगरपालिकाको टिमले खेलेका छन् । यी दुई टिम वीचको खेलमा १६–२५,२५–१७ र २६–२४ अंक को अन्तरले पाख्रीवासलाई नेपाल आर्मीले हराएको छ ।

तीन दिन सम्म चल्ने प्रतियोगिताका विजयी प्रथम टिमले नगद ५१ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद ३१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा जिल्लाका ७ वटै स्थानीय तह र नेपाल आर्मी हिले २ नं वाहिनी सहित ८ टिमले सहभागीता जनाएकाछन् । प्रतियोगिताको उद्घाटन क्लवका अध्यक्ष योगेन्द्र शाहीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीको विशेष आतिथ्यमा भएको एक कार्यक्रमको वीच गरीएको थियो ।
प्रतियोगिता उद्घाटन सत्रको सञ्चालन हिले माद्यमिक विद्यालयका शिक्षक सुनिता लावतीले गर्नुभएको थियो । भोलिको खेल विहान ७ देखी साढे ७ वजे वाट सञ्चालन हुने क्लवका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।


