‘आफ्नो हक अधिकार प्राप्तिका लागि शेर्पा समुदायका नागरिकहरु आफै जागरुक हुन जरुरी’

शेर्पा संघको तेश्रो जिल्ला अधिवेशन धनकुटाको सिधुवामा

धनकुटा खबर । नेपाल शेर्पा संघको तेश्रो जिल्ला अधिवेशन आज धनकुटाको सिधुवामा सम्पन्न भएको छ ।

अधिवेशन मुल आयोजक समितिका अध्यक्ष टेण्डी शेर्पाको अध्यक्षता तथा संघका केन्द्रिय सदस्य आङदावा शेर्पाको प्रमुख आतिथ्यमा सञ्चालित उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि सञ्जय सन्तोषी राईले आफ्नो हक अधिकार प्राप्तिका लागि शेर्पा समुदायका नागरीकहरु आफै जागरुक हुन जरुरी रहेको वताउनुभयो ।

उहाँले शेर्पा संघ जिल्ला अध्यक्षको निधन पछि पनि अन्य पदाधिकारीहरुले आफुले सके अनुसार संस्थालाई चलायमान राखेकोमा खुशी व्यक्त गर्दै नयाँ कार्य समितिमा क्रियाशिल व्यक्ति चयन गरी अघि वढ्न संघलाई शूभकामना दिनुभयो ।

अधिवेशन उद्घाटनसत्रमा संघका जिल्ला सचिव पासाङ शेर्पा,छथर जोरपाटी गाउँपालिकाका प्रतिनीधि विमला श्रेष्ठ लगायतकाले शूभकामना मन्तव्य राखेका थिए । सञ्चालन संघका उपाध्यक्ष दा ल्हामु शेर्पाले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।