लालटिनको उज्यालोमा लोकार्पण

काठमान्डौ, धनकुटा खबर । सरस्वती ज्ञवालीद्धारा लिखित आत्मकथा लालटिनको उज्यालोमा को आज लोकार्पण कार्यक्रम सम्पन्न भयो । पुस्तकको लोकार्पण लेखक सरस्वती ज्ञवाली, टिप्पणीकारहरु यशोदा तिम्सीना, प्रा. डा. कृष्णचन्द्र शर्मा र डा. बृन्दा पाण्डेले सामूहिक रुपमा गर्नुभयो ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै टिप्पणीकार तिम्सीनाले यो पुस्तक ज्ञवालीको मात्र आत्मकथा नभएर यो एउटा ऐतिहासिक दस्तावेज पनि भएको जानकारी गराउनुभयो । त्यसैगरी अर्का टिप्पणीकार प्रा. शर्माले यो पुस्तकमा लेखिकाले आफ्नो निजी जीवनलाई सार्वजनिक जीवनका लागि गर्नुभएको त्यागको बर्णन रहेको बताए ।

यसका साथै शर्माले यो पुस्तकलाई पूर्विय दर्शनबाट हेर्दा यसका करुणा र वीर रस प्रयाप्त रुपमा रहेको बताए । त्यसैगरी अर्का टिप्पणीकार डा. बृन्दा पाण्डेले यो पुस्तकमा सरस्वती ज्ञवालीको मात्र आफ्नो कथा नभएर सम्पूर्ण राजनीतिक रुपमा जीवन बिताउनु हुने परिवारको कथा रहेको र पुस्तक पढ्दा नालापानीको यूद्धमा सहभागी भएका महिला योद्धाहरुको स्मरण भएको बताईन् ।

आत्मकथाकी लेखक सरस्वतीले पत्रकारहरुले समय समयमा गर्ने भिन्न भिन्न प्रश्नहरुले आफुलाई लेखनका लागि प्रेरणा प्राप्त भएको बताइन् । लेखक ज्ञवाली वर्तमान परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीकी धर्मपत्नी हुन् ।

उक्त पुस्तकलाई अक्षर क्रियशनले बजारमा ल्याएको हो । २४४ पृष्ठको यो पुस्तकको बजार मूल्य रु ३२० रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।