आर्मीलाई हराऊँदै सागुरीगढीले हात पार्यो ‘रामनवमी कप’ !
धनकुटा खबर । रामनवमीको अवसरमा हिलेमा सञ्चालित ‘रामनवमी कप’ भलिवल प्रतियोगिता जित सागुरीगढी गाउँपालिकाले हात पारेको छ ।
नेपाल आर्मी २ नं वाहिनी हिले र सागुरीगढी गाउँपालिका वीच भएको फाईनल खेलमा सोझो सेटमा आर्मीलाई सागुरीगढीले हराएको हिले भलिवल क्लवका अध्यक्ष योगेन्द्र शाहीले जानकारी दिनुभयो ।
जीत संगै सागुरीगढी गाउँपालिकाले नगद ५१ हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र हात पारेको छ भने दोश्रो भएको अर्मीले नगद ३१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिता १ नं प्रदेशसभाषद निरन राईको प्रमुख आतिथ्य तथा क्लवका अध्यक्ष शाहीको अध्यक्षतमा सञ्चालित कार्यक्रमको वीच समापन गरिएको प्रतियोगिता संयोजक दूर्गाराज रायमाझीले वताउनुभयो ।
प्रतियोगितामा जिल्लाको सात वटै स्थानीय तह सहित नेपाल आर्मी २ वाहिनी अड्डा हिलेको सहभागिता थियो ।


