न्युनतम पारिश्रमिक निर्धारण समितिको १० बुंदे घोषणा पत्र जारी
धनकुटा खबर । श्रमजिबी पत्रकारको न्युनतम पारिश्रमिक लागु जोडदार माग गर्ने १० बुदे घोषणा पत्र जारी गदै न्युनतम परिश्रमीक निर्धारण समितिको प्रदेश नम्बर एक भेला सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघको संयोजन तथा न्युनतम परिश्रमीक निर्धारण समितिको आयोजनामा धनकुटाको भेडेटारमा सम्पन्न भएको भेलाले १० बुदे घोसणा पत्र जारी गरेको हो ।
घोषणा पत्रमा पत्रकारको न्युनतम पारिश्रमिक लागु जोडदार माग गर्ने, बिज्ञापन प्रधिकरण गठन, समानुपातिक बिज्ञापन प्रणाली लागु गर्ने, छापा र बिधुतिय सञ्चार माध्यमलाई ब्यबस्थित गर्ने, सञ्चार माध्यममा कल्याणकारी कोष स्थापना, प्रेस काउन्सीलको प्रदेश स्तरीय संयन्त्र निर्माण गर्ने लगायतका दश बुदा समाबेस गरिएको छ ।
सो भेलामा नेपाल पत्रकार महासंघको अध्यक्ष गोबिन्द आचार्य न्युनतम पारीश्रमीक निर्धारण समितिको संयोजक श्रीधर पराजुलि सहित प्रदेश एकका जिल्ला महासंघ अध्यक्ष लगायत जिल्लाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
भेलामा महासंघको अध्यक्ष गोबिन्द आचार्यले श्रमजिबि पत्रकार एेन लागु नभए सम्म नेपाली पत्रकारीताले फड्को मार्न नसक्ने बताउनु भयो, त्यस्तै न्युनतम पारीश्रमीक निर्धारण समितिको संयोजक श्रीधर पराजुलि श्रमजिबि पत्रकार ऐन लागु गराउन सञ्चार माध्यम र सञ्चारकर्मीलाई सहयोग गर्न आग्रह गर्नु भयो ।


