चिनियाँ जहाज उडाउन मासिक ८ हजार डलरमा चीनबाटै पाइलट ल्याइदैं
काठमाडौं, चैत १६ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि) ले वाइ १२ सिरिजका जहाज उडाउनका लागि तीन चिनियाँ पाइलट ल्याउने भएको छ ।

यी जहाज उडाउन मासिक ८ हजार डलर तलव दिनेगरी तीनजना पाइलट ल्याउन लागिएको नेवानिका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।
‘चिनियाँ पाइलट ल्याउने प्रक्रिया लगभग पूरा भइसकेको छ,’ कंसाकारले भने, ‘पाइलटसँग दुई पक्षीय सहमतिका लागि पाइलट आपूर्ति गर्ने चिनियाँ एडिआइसी कम्पनीलाई पत्राचार भएको छ ।’
कम्पनीसँग सम्झौता भएर पाइलट आएपछि श्रम विभागबाट स्वीकृति लिई नागरिक उड्डयन प्राधिकरणबाट पनि सहमति लिने कंसाकार बताउँछन् । –अन्नपूर्ण पोस्ट दैनिकबाट


