धनकुटाका किसानले पाए ७१ थान मिनी टिलर !, दुई हजार घरधुरी लाभान्वित

धनकुटा खबर । कृषिको उत्पादकत्व क्षमता वृद्धि गर्ने उद्देश्य सहित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ धनकुटाले किसानलाई ७१ थान मिनी टिलर (हाते ट्याक्टर) वितरण गरेको छ ।

सो परियोजनाको कार्यक्षेत्र अन्र्तगत पर्ने महालक्ष्मी नगरपालिकाको वडा नं. ८ र ९ र छथरजोरपार्टी गाउँपालिकाको वडा नं. २, ३, ५ र ७ का ३२ ओटा कृषक समुहलाई मिनी टिलर (हाते ट्याक्टर) वितरण गरिएको परियोजना जोन कार्यान्वयन इकाइका प्रमुख हर्षहाङ राईले बताए ।

मिनी टिलरवाट सो क्षेत्रमा व्यवसायिक तरकारी खेती गर्दै आइरहेका २ हजार घरधुरी कृषक लाभान्वित हुने उनले बताए । ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरिएको मिनी टिलर ९ हस पावर क्षमताको १८ थान र ७ हस पावर क्षमताको ३१ थान रहेको छ ।

९ हस पावर क्षमताको बजार मुल्य ५५ हजार र ७ हस पावर क्षमताको बजार मुल्य ३२ हजार ५ सय मुल्य पर्छ । जोन अन्र्तगतको कार्यक्षेत्रमा २०५० साल देखि व्यवसायिक रुपमा तरकारी खेती हुँदै आइरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।