छथरजोरपाटीस्थित ४ सय बर्ष पुरानो महादेवको मन्दिर संरक्षणको पर्खाइमा !

धनकुटा खबर । हाल सम्म निर्माण भएको एकिन तिथी फेला पर्न नसकेको धनकुटा जिल्लाको छथरजोरपाटी गाउँपालिकाको तिलेश्वरमा रहेको महादेवको मन्दिर संरक्षण अभावमा जिर्ण बन्दै गएको छ ।

करिव चार सय बर्ष पहिला निर्माण भएको अनुमान गरिएको यो मन्दिरमा लगाईएका ईटा कालोमासको कालिमाटी मिसाएर बनाएको भन्ने विश्वास गरिएको स्थानिय गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

राणा साशनको समयमै त्यस मन्दिरमा चण्डी, रुद्रि, श्राद्ध, विवाह, आदि पढाईने व्यावस्था गरिएको स्थानिय बुढापाकाको भनाई छ । राणा शासनको अन्त्य भए संगै वि.स २००८ सालमा त्यसै ठाउँमा प्राथमिक विद्यालय स्थापना भएको थियो अहिले त्यो विद्यालय माध्यामिक विद्यालय भई सकेको छ ।

मन्दिर वरपरको लगाईएको पर्खाल भत्किसकेको छ भने मन्दिरमा रङ-रोगन भएको छैन विभिन्न समयमा आएका भूकम्पले समेत मन्दिर चर्किएको छ । विद्यालयसंगै भएकोले मन्दिरको वरपर तारबार भने गरिएको छ ।

दुई तर्फ सामान्य टिनको छाना लगाईएको छ । ऐतिहासिक सम्पदा भए पनि यसको यथोचित संरक्षण नहुनु दुःखद भएको अधिकारी बताउछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।