राजनितिबाट बाक्क भई चटक्कै राजनिती छाडेका धनकुटाका भीम यसरी कमाऊछन लाखौं रुपैयाँ ! (भिडियो सहित)
धनकुटा खबर । धनकुटाको साँगुरीगढी गाँउपालिका बडानम्वर आठ बेगना एक कृषकले चालिस रोपनि क्षेत्रफलमा कागती खेती सुरु गर्नुभएको छ् । राजनिति बाट बाक्क भएका कृषक भीम बिक्रम लिम्बुले बषौ अघि देखि बाँझो रहेको खेतमा कागति खेति सुरुगर्नु भएको हो ।
सरकारी जागीर, समाज सेबा हुदै राजनिति यात्रामा होमिनुभएका धनकुटाको साँगुरीगढी गाँउपालिका बडानम्वर आठ बेगनाका ५२ बर्षिया भीम बिक्रम लिम्बु कागति खेती तर्फ आकर्षित हुनुभएको छ । उहाले आफ्नै गाँउमै चालिस रोपनी जग्गामा कागति खेति सुरु गर्नुभएको हो ।
२०६७ साल देखि कागती खेती सुरु गर्नु भएको लिम्बुले कास्मीरी, तेह्रथुमे, रिजालटासी गरी चार जातका एक हजार बोट कागति लगाउनुभएको छ । हाल करीब दुइ सय बोटले मात्र उत्पादन दिदै आएको छ । दुईसय बोट कागतीबाट मात्रै बार्षिक दुई लाख रुपैया आम्दानी हुने लिम्बुले बताउनुभयो । एक हजार बोटले उत्पादन थालेपछि बार्षिक १२ देखि १५ लाख रुपैया आम्दानी गर्ने लिम्बु बताउनु हुन्छ ।

२०५४ सालवाट तत्कालिन नेकपा माओवादीको राजनितिमा होमिनुभएको भिमविक्रम लिम्बु राजनिति चटक्कै छोडेर कागति खेति तर्फ लाग्नुभएको हो । शिक्षण पेशा मा हुदा पूर्वमा लिम्बुवानको इतिहास खोजिमा लाग्नुभएका लिम्बुले राजनितिमा रहेको बेला आर्थिक समस्यामा परेपछि राजनिति छाडेर कृषि पेशा तर्फ आकषित भएको बताउनुभयो ।
कागती खेतिलाई ब्यबसायीक रुप दिन लागि पर्नु भएका लिम्बुले हाल सम्म पाँच लाख रुपैया खर्च गरी सक्नुभएको छ । एउटै बोटले एक बर्षमा दश हजार रुपैया सम्म आम्दानी दिने तथा ८० बर्ष सम्म उत्पादन लिन सकिने उहाले बताउनुभयो । कागती खेति ब्यबस्थापनको लागि गाँउमै दैनिक ५ जना रोजगार दिइरहनुभएको छ । नेपालमा भविश्य नदेख्नेहरुलाई मेहनत गरे नेपालमा नै केहि गर्न सकिने उहाको सुझाब छ ।
कागती खेति ब्यबस्थापनको लागि सरकार तथा सम्बन्धित निकायले प्राबिधिक सेवा, औषधि उपचार, उन्नत जातको बिउबिजन, बिरुवा उपलब्ध भए आफु मात्र नभइ सबैलाइ ब्यबसायीक बनाउन सकिने उहा वताउनु हुन्छ । जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक अनुसार धनकुटामा बार्षिक २ सय ५५ हेक्टरमा ६ सय १० मेट्रिक टन कागती उत्पादन हुने गर्दछ । धनकुटा खबरका लागि विदुर खवासले तयार पारेको भिडियो रिपोर्ट हेर्नुहोस्


